मास्टरी कबिता – १

मास्टरका कविता – १

कति लेखु हिसाब अनि प्रकृतिका कुरा ?
लेख्दा–लेख्दै दुई बर्ष भईसकेछ पुरा ।

हेल्लो सर, हाई सर अनि बाइबाइ सर
मेरा प्यारा ति केटाकेटी पर्थे मेरै भर
हँसिला ति अनुहार चक्चके ति बानी
कोहीलाई बाबु भन्थें कोहीलाई नानी ।

सक्दो मैले प्रयास गरे तिमीलाई बुझाउन
सक्यो कि सकेन खै ? ज्ञानले रुझाउन
टाढा–टाढा जाउ तिमी ज्ञानी मान्छे बन्न
मलाई नि गर्व होस आफनो शिष्य भन्न ।

मार्कर लेख्दै गर्थ्यो मेटाउथ्यो डस्टर
ज्ञान मेरो जिन्दगी, म हुँ तिम्रो मास्टर ।

उही तिम्रो मास्टर, भविन धिताल ।

ट्रिनिटी कलेज र अमृत क्याम्पसका मेरा सम्पूर्ण विद्यार्थीहरुमा समर्पित । २०७२ साल काठमाण्डौ ।