आमाको याद
आमा तिम्रो याद आईरहन्छ
सम्झनाले मलाई झक–झक्याइरहन्छ
तिम्रो प्रेम स्नेहको मूल्य तिर्न सक्दिन
जहाँ भए, गएपनि याद छाईरहन्छ ।।
तिम्रो दुःख, मिहेनत मेरै लागि हो
हुर्काउन, बढाउन साह्रै दुःख भो
आमा तिम्रो प्रेमको सागर अनन्त छ
पलपल याद तिम्रो गाढिदै गो ।
कति प्यारो कति हँसिलो तिम्रो अनुहार
तिम्रो म भविष्य, पार्नेछु सपना साकार
आमा तिम्रो प्रेमको कदर गर्ने छु
बनी एक सुफल पात्र मात्र झर्ने छु ।
आमा तिमी प्रेममूर्ति अति प्यारी छौ
मेरो आधार अनि विश्वास तिमी नै हौ
आमा तिमीले एक हतियार जन्मायौ
सारा समाज परिवर्तनको तिमी आधार हौ ।।
२०६६ माघ किर्तिपुर