तन्किंदा तन्किंदा कतै
तन्किंदा तन्किंदा कतै स्ट्रेस ले
दिमागको इलास्टिक लिमिट ब्रेक हुन्छ कि त ?
कतै चुडिएर नशा राम्रैसँग
दिमाग नै फटिग(Fatigue) हुन्छ कि त ?
साइन , कोसाइन त्रिगोनोमेट्री अनि
फिजिक्स, पोलिटिक्स र फिलोसोफी ले
थिचिंदा थिचिंदा लगातार कतै
दिमाग इन्फिनिट पोटेन्सिअल हुन्छ कि त ?
अनावश्यक सोच्दासोच्दै
दिमागी रसायनको मिश्रण भएर कतै
दिमागका केन्द्रविन्दुहरुमा
केमिकल रियाक्सन भएर
निउरो ट्रन्स्मिटर डिस्प्लेसमन्ट हुन्छ कि त?
लेट अस कन्सिडर भन्दाभन्दै
सुनौलो जिन्दगी सकिएर
बिना अर्थ बिना खोज यो जिन्दगी
जेरो कन्सिडर हुन्छ कि त ?
तन्किंदा तन्किंदा कतै