जिन्दगी मात्र घाम र पानी
बुढा बा छिन आमा सानी
म छु यहाँ टाढा शहरमा
एकदिन ठुलो बन्ने रहरमा
कहिले घाम त कहिले पानी
किसानको छोरो म हुँ किसानी।
खेती छ मेरो साहै सानो
उब्जिन्छ मात्रै दुइ चार मानो
जसो तसो छ जीवन जानी
कहिले घाम त कहिले पानी
किसानको छोरो म हुँ किसानी।
दाउरा र घाँस छ गर्ने बानी
बुढा बा छिन आमा सानी
माटो नै मेरो सम्पति
हुरी असिना मेरो बिपत्ती
धिलपिल गर्दै जिन्दगी जानी
किसानको छोरो म हुँ किसानी
सम्पूर्ण किसानी बा, आमा, दाइभाइ, मजदुरमा समर्पित ।