गणितभन्दा परको बिज्ञान……………..
” आफुले आँफैलाई बिर्सेंर अरुमा आफुलाई पाउनु नै प्रेम हो। परमप्रेम त्यो अवस्था हो जहाँँ अस्तित्वको हरेक बस्तुमा स्वयमको अनुभव हुन्छ।”
” उफ ! यो कस्तो अमन! के भएको? टक्क , एकसुर , एक्नासको मानो म्यारिवानाको ट्रिप हो । भएर पनि नभएको। आकाररहित निराकार। मानो निराकार नै आकार हो। शुन्य समय। निर्बिचार, होससहितको बेहोशी । आफ्नो शरीर आफ्नो नभएको। अलौकिक कम्पन। पिडारहित अवस्था। धेरै कुरा भइरहेको छ तर शब्द निस्कदैन बयान गर्न, के भइरहेको छ? ”
” किन बर्षन्छ यसरी तरङगहरु? कहाँबाट र केका लागि? किन बझ्छ त्यो धुन? बिना टकराव निस्किएको धुन । संगितरहित धुन। आनन्द भनौ या पिडा वा के भनौ? गणितभन्दा पर, जहाँँ समिकरण छैन।
साधनापछीको गुरुत्वाकर्षण ।
(गहभरी आँशु) प्रश्न – ” गुरुजी ! के स्वर्ग छ? भगवान छन? …….. । म त एक किसानको छोरो, मेरो आमाको फुटेको खुट्टा छ, बाबाको च्यातिएको टोपी छ। ममा किन ध्यानपछी यस्तो तरङग आउछ?
गुरुजी – ” अस्तित्वको प्रेम बर्सिएको हो। तिम्रो पात्रता प्रेममा घुल्दै छ। ”
प्रश्न -” प्रेम के हो?”
गुरुजी -” आफुले आँफैलाई बिर्सेंर अरुमा आफुलाई पाउनु नै प्रेम हो। परमप्रेम त्यो अवस्था हो जहाँँ अस्तित्वको हरेक बस्तुमा स्वयमको अनुभव हुन्छ।”
प्रश्न : ” सत्य के हो? धर्म के हो? ”
गुरुजी – ” हरेक बस्तुले जे धारण गर्छ, त्यो नै त्यसको धर्म हो, सत्य पनि त्यही हो। स्वर्ग छैन, भगवान पनि छैन। तर तिम्रो धर्म छ तिमी स्वयम हुनुको धर्म। जस्तो कि आगोको धर्म पोल्नु हो। तिम्रो स्वयमको स्वयम हुनुको खोज नै अध्यात्म हो। बाटो ध्यान हो। ”
प्रश्न ( आँखाबाट आँशु बरर ) : ” गुरुजी! हजुर र मेरो के सम्बन्ध छ?”
गुरुजिको आँखा रसाएर आएँ । गहभरी आँशु भयो। तप्प तप्प आँशु खसे।
गुरुजी – ” यो त जन्मजन्मान्तरको सम्बन्ध हो। अन्तरआत्माको सम्बन्ध हो। ”
मैले आफुलाई सम्हाल्न सकिन। शरीरमा कम्पन भयो। त्यो गुरुत्वाकर्षणले म गुरुजिको अङगालोमा पुगें। उहाँले सुक्क सुक्क गर्दै धेरै बेरसम्म मलाई सुम्सुम्याइरहनु भयो। उहाँको सानीध्यमा म धन्य भएँ ।
२०६४ पुष, लैनचौर काठमान्डु, नियमित डायरिबाट ।