शंकर दाईसँग चार दिन

होचा कदका, काला -काला मान्छे। जब पहिलो पटक भेटें अनौठो लाग्यो। अमेरिका आएको दिन अगस्त १० २०१६ थियो। म शंकर दाइकोमा आएँ।
दिउँसो करिब ३ बजे तिर म नोर्फोल्क आइपुगेको थिएँ। आउनेबित्तिकै पकाइ राखेको राजभात (राजमा + भात) खान दिनुभयो। मन हलुङगो भयो। मनमा सार्है माया पलायो । अमेरिकामा आफ्नो भन्ने मेरो लागि मानौ उँहामात्रै हुनुहुन्छ ।

“भाइ! समुन्द्र हेर्न जाने हो?”- दाइले प्रश्न गर्नुभयो । म अत्ती नै खुशी भएँ र हुन्छ भने। नयाँँ टोयोटा कारमा म हुइकिए समुन्द्र हेर्न। त्यो पल सार्है आनन्दको थियो। जीवनमा पहिलो पटक मैले त्यती बिशाल पानीको घर देखें। पानीको छालसङगै म पनि बयलिन पुगेछु।

बेलुका घर फर्केपछी खुब मिहेनत लगाएर दाइले खाना पकाउनुभयो । मलाई सार्है मिठो लाग्यो। भात नखाएको २ दिन भएको थियो। प्लेनमा केही खाइन। पहिलो पटक प्लेन चढेको सार्है गाह्रो महसुस भइरहेको थियो।

” भाई बियर खान्छौ ?” – दाइको प्रस्नोत्तरमा मेरो जवाफ थियो -“नाइँ” । त्यसपछी म सुतें । बिहान ३ बजे नै निन्द्रा खुल्यो। के गर्ने कसो गर्ने? भान्छामा चुल्हो बाल्न पनि आउँदैन । बसिरहें । धेरै पटक बाथरुम गएँ। बिहान ८ बज्ने बेलासम्म पनि दाई नउठेपछी के भयो भन्ने लाग्यो। नजिकै गएर उठाउन खोजे र सोधें – ” दाई सन्चो भएनकी ?”

दाई उठ्नुभयो। ” होइन ठिकै छ। मेरो उठ्ने बेला नै यही हो। ”

त्यसपछी उहाँले चिया पकाउनुभयो र मलाई दिनुभयो। अनी म उहाँको पछीपछी लागेर क्याम्पस तिर गएँ। उहाँले फिजिक्स डिपार्टमेन्ट लैदिनुभयो। त्यहाँ चिनापर्ची भयो। त्यसपछी लिजिङ अफिस गइयो। कहिले कता त कहिले कता।

सार्है मिहेनती। हिंडेको हिड्यै गर्ने, नथाक्ने। यसरी नै दिन बित्दै गयो। घरबाट टाढा भएर नरमाइलो लागिरहेको थियो। तर दाईले सबै कुरामा हेल्प गर्नु भयो। आफ्नो गाडी नहुँदा पनि हामीलाई बजार लैजाने हाम्रो सामान किन्दिने देखी लिजिङको पैसा तिर्दिने सबै काम दाइले गर्दिनुभयो। ३ दिनपछी सँगै बस्ने साथी आइपुगे। त्यसपछी हामी आफ्नो अपार्टमेन्टमा सर्यौं। त्यसपछी पनि दाइले खुब माया गर्नु भयो। मलाई उहाँ बस्नुभएको घर फोर्टी फर्स्ट स्ट्रीट १०६९ कोठा न ३ मा जाँदा खुब आनन्द लाग्थ्यो। बेला-बेलामा म जाने गर्थें। दाई पनि हाम्रो मा आइरहनुहुन्थ्यो। हामिलाई खुब माया गर्नुहुन्थ्यो।

पछी अरु साथीभाइसँग पनि चिनाजानी भयो। तर पनि केही गार्हो परेमा म दाइलाई नै भन्थे। उहाँ सही सल्लाह दिनुहुन्थ्यो। उहाँ प्रेरणा दिनुहुन्थ्यो। मिहेनत गर्न प्रेरणा दिनुहुन्थ्यो।

दाइको बिहेपछी भाउजु आउनुभयो। भाउजु सार्है अनुशासित हुनुहुन्थ्यो। दाई जस्तै। दसैंमा पनि दाई को हातबाट टिका लगाएँ।

अमेरिकामा बस्न थालेको करिब २ बर्ष भयो। मलाई सुरुमा आउँदा बसेको ठाउँँ अनी शंकर दाइले गरेको सहयोग झल्झली याद आउँछ। बिशेष गरी सुरुका ४ दिन, जती बेला मेरो लागि अमेरिका नौलो थियो। तर उहाँ सँग बस्दा मलाई गार्हो भएन। घरमै छु जस्तो लाग्यो।

०८।०१।२०१८ नोर्फोल्क, ५५०२ अल्सन ड्राइभ , लार्चमोन्ट अपार्ट्मेन्ट २३५०८