जीवन जस्तोसुकै होस् मरण बिशेष बनोस। मृत्यु पनि मान्छे पिच्छै फरक हुंदो रहेछ, देशभक्त छोरो मर्दा देशै रुदो रहेछ। दुर्दर्शी सोचका धनी एक मिसाएल हिरो जसले भारत लाई बैज्ञानीक उचाइमा लगे, आज अस्ताए, थाहा पाउने बित्तिकै दु:ख लाग्यो। उनको आत्माले शान्ती पाओस ।
ईतिहासमा कम मान्छे हुन्छन जो महान कहन लाएक हुन्छन। महान भएर पनि सालीन हुनु, सरल हुनु अझै ठुलो कुरा हो। जीवन के हो थाहा छैन, एक दिन आउनेछ तिमीलाई लिन, तिमी जानेछौ छोडेर तिम्रो सम्पत्ति, तिम्रो श्रीमती अनी सबै, अनी सबै खाली शुन्य, तिम्रो रुप, तिम्रो जीवन?? खै कता हराउछौ तिमी?
डा कलामको बारेमा धेरै पढेको थिए, उनकै नाममा बनेको फिलिम ” I am kalaam” हेरेको थिए, हेर्दाहेर्दै मुटु भक्कानियको थियो। उनको जीवनी Wings of the Fire पढेको थिए। अती प्रेरणादायी थियो किताब।
किताबमा कतै लेखियको थियो- ” मलाई जीवनप्रती कुनै गुनासो छैन, मैले जे गरे आफुले सक्दो गरे, मेरो न त छोराछोरी छन न त श्रीमती, न त आमा बाबा नै अब जिवित छन।”
भारतका राष्ट्रपती बने, रकेट बनाएर उडाए , बिज्ञानको प्रगती गरेर देशलाई धेरै माथि लगे।
तिम्रो आत्माले शान्ती पाओस, हार्दिक श्रदान्जली डा अब्दुल कलाम ।