म टुट्न थालें, म फुट्न थालें, म त चकनाचुर पो भएँ। ध्यानको गहिराइमा मैले शरीर फरक बस्तु रहेको स्पस्ट थाहा पाउन थालें। “स्वयम” को “सोsहम” अजपा गायात्रि सारा ब्रह्मान्डमा तरंगीत हुन थाल्यो।
” बाबा के स्वर्ग छ ? के भगवान छन ?” मैले गुरुजी लाई सोधें । ” बाबु भगवान छन छैनन, स्वर्ग छ छैन मलाई थाहा छैन तर त्यो नुर अनी प्रकाशको देश जसको अनुभव म तिमीलाई सुनाइरहेछु त्यो सत्य हो, मेरो अनुभव हो ।” गुरुजीले भन्नुभयो ।
त्यसपछी मैले सोधे -“तपाईं को हो? तपाईं र मेरो सम्बन्ध के हो?” बोल्दाबोल्दै मेरो आँखाभरी आँशु भयो। मैले आफुलाई रोक्न सकिन आशुगंगा सुरु भयो।
मैले गुरुजीको आँखामा हेरें, उहाँको आँखा रसाएर आइरहेको थियो। प्रेमआँशु छचल्किएर केही थोपाहरु तप्प चुहिए। उहाँले भन्नुभयो -” बाबु यो सम्बन्ध आजको होइन, यो त अन्तरआत्माको सम्बन्ध हो, यो त बाबु जन्मजन्मान्तरको सम्बन्ध हो।”
म हुत्तिएर उहाँको अंगालोमा पुगें। सारा शरीर फालेर म रुन थालें। उहाँले केहीबेर सम्म प्रेमस्पर्श गरिरहनुभयो। उहाँको सानीध्यमा म तरंगीत बनिरहें।
२०६४ साल पुष काठमाडौ।
नियमित डायरिबाट।