लुम्बिनी: एक परिचय

कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ। यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो। फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक बर्ष लाखौं मनिसहरु आउँछन। नारायणगढ बजारबाट करिब २५ किलोमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँँ छ। प्रगतिनगर, दलदले भन्ने ठाउँबाट करीब ५ किलोमिटर पश्चिम कावसोती भन्ने ठाउँँ छ। कावसोतिबाट करिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ। कावसोतिबाट तम्सरिया, नयाँ बेल्हानी, बर्दघाट, रामग्राम बुटवल हुँदै सुनवल आइपुग्छ। सुनवलबाट करिब २१-२२ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ। बसमा जान करिब ३० मिनट लाग्छ। अरु मोटररिक्साबाट पनि जान सकिन्छ।

लुम्बिनी जाने बाटोमा अलिकती कच्ची घरहरु पनि देखिन्छ। घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ। बाटो अली अली साँघुरो नै छ। हामी जाँदा २०७५ सालको जेठ महिना थियो। लुम्बिनी पुगेपछी छुट्टै आनन्द आउँछ। गर्मिको महिना अनी अली अली बर्षा पनि सुरु भएकाले होला मनिसहरुको उपस्थिती अली पातलो नै थियो। तर मान्छेहरु थिए नै। प्राय: परिवार लिएर घुम्न जानेको संख्या अली धेरै भेटिन्छ।

फराकिलो भुभागमा बिभिन्न खाले मन्दिरहरु छन। बिभिन्न डिजाइन अनी फरक शैलिमा निर्माण गरेका त्यी घुम्बा, मन्दिरहरु राम्रा छन। मन्दिरहरु खुल्ने र बन्द हुने समय हुन्छ। एक ठाउँबाट अर्को मन्दिर भएको ठाउँमा जान हिंडेर अली टाढा नै हुन्छ। त्यसका लागि अटोरिक्साको सुबिधा पनि छ। तर अटोरिक्सा सबै ठाउँमा पुग्दैनन।

सबैभन्दा राम्रो अनी मुख्य आकर्षणको बिन्दु भनेको मायादेवी मन्दिर हो। त्यहाँ उत्खनन गरेर राखिएका बस्तुहरु पनि छन। त्यो वरपरको बातावरण आनन्दित छ। ठुला रुखहरु पनि छन। मन्दिर वरपर घाँसहरु पनि उम्रिएका छन। जेठको महिना भएर होला अली गर्मी थियो। नेपाल र भारतबाट धेरै मान्छे आउँछन। अरु बिदेशी हरु पनि आउँछन। नेपालीहरुको लागि टिकट लाग्दैन।

मन्दिर भित्र फोटो खिच्न मनाही छ। मन्दिर बाहिर भने फोटो खिच्न पाईन्छ। कुनै कुनै मन्दिरमा भने फोटो खिच्न पाइँदैन। मानिसहरु फोटो खिच्नमा ब्यस्त हुन्छन। मान्छेको भिड नै हुन्छ।

गुम्बाहरु, मन्दिरहरु चारैतिर बुद्धका मुर्तिहरु छन। बिभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनिसँग संबन्धित तस्बिर र मुर्तिहरु पनि छन। फुलहरु रोपेको, हरियो दुबोहरु राम्रो छ। कुनै कुनै ठाउँको पोखरी भने अली फोहर थियो जहाँँ प्लास्टिकका बोट्टलहरु फालिएको थियो।

लुम्बिनी सम्भावना बोकेको ठाउँँ हो। पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ। यसको बिकास र प्रवर्द्धन अती आवश्यक छ। यो एकपटक घुम्नै जानुपर्ने ठाउँँ हो।