गुरुत्वाकर्षण

दिक्कालमा पिण्डको चालको असर : गुरुत्वाकर्षणीय तरङग

पिण्डहरुको चालको असरस्वरुप दिक्कालको आकाशमा पैदा हुने तरङगलाई गुरुत्वाकर्षणीय तरङग भनिन्छ । यसको प्रथम अवधारणा सन् १९०५ मा वैज्ञानिक हेनरी पोइनकेयरले दिएका थिए भने सन् १९१६ मा अल्वर्ट आइन्सटीनले आफ्नो सापेक्ष्यबादको सिद्धान्तको आधारमा यसको असरको बयान गरेका थिए ।
गुरुत्वाकर्षणीय तरङगले बिधुतचुम्बकिय तरङगले जस्तै गरी बिकिरणको रुपमा शक्तिको हस्तान्तरण गर्छ । आइन्स्टीनको सिद्धान्त अनुसार जब ब्रह्मान्डमा रहेका ठुलापिण्डहरु चालमा जान्छन् तब तिनिहरु आफ्नो वरपर रहेको दिक्कालमा अवरोध सिर्जना गर्छन् जुन अवरोध तरङगको रुपमा ब्रम्हान्डमा फैलिन्छ । ति तरङगहरुको गति प्रकाशको गति समान हुन्छ । तसर्थ जब ठुला – ठुला आकाशिय पिण्डहरु जस्तै कालोछिद्र, ताराहरु चालमा जान्छन, तिनिहरुले आफ्नो वरपरको आकाशमा दबाब सिर्जना गरी तरङग पैदा गर्छन् । त्यस्तो दबाबबाट पैदा हुने तरङग गुरुत्वाकर्षणीय तरङग हो ।
यसरी दुई ठुला कालाछिद्रहरु परस्पर केन्द्रमानी चालमा जाँदा पैदा भएको तरङगको अनुसन्धानात्मक खोजको पुस्टी सन २०१५ को सेप्टेम्बरमा भएको थियो । दुईजोडा कालाछिद्रहरु जो क्रमशः सूर्यभन्दा २९ र ३६ गुणा गरुङगा थिए, तिनिहरु एक – अर्काको गुरुत्वाकर्षणको बलमा परस्पर घुम्दाखेरी एउटै अङगको रुपमा जोडीएका थिए । फलस्वरुप पैदा भएको गुरुत्वाकर्षणीय तरङगको पुस्टीगरेबापत सन् २०१७ को भौतिकशास्त्र अन्तर्गतको नोबेलशान्ति पुरस्कार प्रदान गरिएको थियो । जसमा क्यालिफोर्निया इन्स्टिट्युटस् अफ टेक्नोलोजिका बैज्ञानीक द्वय डा किप थोर्न र ब्यारी बरिश छन भने म्यासाच्युसेस् ईन्स्टिच्युटस् अफ टेक्नोलोजीका बैज्ञानीक डा रेइनर वेइस्स छन।
लिगो नाम दिएको उक्त खोजमा दोस्रोपटक तरङगको पुस्टी सन् २०१६ को जूनमा भएको थियो । तरङगको खोजको पुस्टी क्रमशः तेस्रो र चौथोपटक सन् २०१७ जून र सन् २०१७ को सेप्टेम्बरमा भएको थियो । ति सबै तरङगहरुको पुस्टी दुई जोडा कालाछिद्रहरु आपसमा ठोक्किदा पैदा भएको बैज्ञानीकहरुले पुस्टी गरेका छन । बैज्ञानीकहरुले सबै तरङग सुर्यभन्दा करीब ५० औ गुणा कम गरुङगा कालाछिद्रबाट आएको बताएका छन ।
फरक – फरक पिण्डभएका कालाछिद्रहरुले गर्दा उत्पन्न भएका तरङगहरु खोजी जारी छ । त्यसैगरी कालाछिद्र बाहेक अन्य आकाशिय पिण्डहरुले गर्दा पैदा हुने तरङगको पनि खोजी कार्य जारी छ । ठुला पिण्ड भएका बस्तुहरुबिचको अन्तर्कृयाले गर्दा पैदा हुने तरङगलाई बुझ्नको लागि अझै बिकसित बैज्ञानीक उपकरणको बिकास गरी गहिरो अनुसन्धानको लागि बैज्ञानीकहरु लागि परेका छन् । ठुला ताराहरुबिचको गुरुत्वाकर्षणीय अन्तर्कृयाले पैदा हुने तरङग अनी ठुला कालाछिद्रहरुबिचको अन्तर्कृयाले पैदा हुने तरङगको अध्ध्यनले ब्रह्माणसम्बन्धी अनेकौं अनुत्तरित प्रश्नहरुको ढोका खोल्नेछ । यसबाट ब्रह्माण्डको उत्पत्ती र मानब सभ्यताको उत्पत्ती र बिकाससम्बन्धी धेरै कुराहरुको खोजको लागि सजिलो हुनेछ ।

भविन धिताल,
पि एच डी अध्ध्यनरत, भौतिकशास्त्र, ओल्ड डोमिनियन विश्वविद्यालय
संयुक्तराज्य अमेरिका ।