पोखरा
पोखरा बजार सानैमा गएको थिएँ। कक्षा ६ मा पढ्दा। त्यसपछी पोखरा जाने साइत जुरेन। विवाह पस्चात ससुराली नै पोखरा भएसी नगइ भएन।
पोखरा राम्रो शहर छ। १० बर्षे काठमाण्डौ बसाइबाट शहरको अनुभव लिएको थिएँ। पोखराका पर्यटकिय स्थलहरु सफा छन। धेरै राम्रा ठाउँंहरु छन। पोखराको लेकसाइड काठमाण्डौको ठमेल हेरी धेरै सफा छ। ब्यवस्थित छ। लेकसाइडका पसलहरु राम्रा छन। मुल्य अली महँगो भएपनी पोखरा बजारका पसलहरु मलाई मन पर्यो।
धेरै चोक। अमरसिंह चोक, सिर्जना चोक, पृथ्वी चोक, हरी चोक चोकै चोक। गाडीमा हुने भिड पनि धेरै कम । काठमण्डौको मानिसमा हुने मानसिक समस्याको मुख्य कारण सार्वजनिक सवारीमा यात्रा हो। अनी धुँवा र धुलो। त्यो हेरी पोखरा धेरै सफ छ। ब्यवस्थित छ।
धेरै तालहरु भएको। फेवाताल एकदम राम्रो ताल हो। फेवातालमा डुंगा चढ्दाको मज्जा नै बेग्लइ छ। फेवातालको बिचमा रहेको बाराही मन्दिरमा उभिएर फेवाताल हेर्दा आनन्द लाग्ने। फेवातालको पानीमा कती राम्रा माछाहरु। तिनिहरुलाई चारा हाल्दा कत्ती रमाइलो। फेवातालमा उभिएर फोटो खिच्दा कत्ती रमाइलो। साझपख लेकसाइड घुम्दा, फेवातालको वरपरको रेस्टुरेन्ट र बारमा बियर खाँदै नाच्ने र गाउँने बिदेशिहरु भेटिन्छन्।