एलेक्ट्रोन,
हो एउटा दुखियारी
जो रिनमा छ।
सधैंभरी घुम्छ वरिपरी
शासन अर्कैको छ
जहिले पनि प्रोटोनलाई
केन्द्रमा राखेर
आफ्नो गहिरो अस्तित्व हुँदापनि
के भन्ने बाध्यता?
मानौ घुम्नु नै त अस्तित्व हो
जीवन हो, बहाब हो
सत्य हो ब्रह्मा हो वा के हो?
बैज्ञानीकहरु पनि त्यस्तै
एक रोमान्टिक अर्थ लाउँछन
प्रोटोनको वरिपरी एलेक्ट्रोन घुम्छ रे भनी
मिथ्या खुब फिजाउँछन
अजिब दासता जस्तो छ
एलेक्ट्रोनको जिन्दगी
हामीभित्रै पनि त कतिछन कती?
हामीले सोच्न नसक्ने जती
घुमिरहेका छन पदार्थमा
परमाणुमा अनी सिङगो जगतमा
२४ सै घण्टा, हरक्षण, हरपल
हे एलेक्ट्रोन !
हे घुमिरहेका एलेक्ट्रोन
घुमिराख !
08/28/2018 TJNAF, VA