:लिटरल्ली, टु हिट द सर्कल इन द सेन्टर अफ द टार्गेट
” अस्त्तित्वको बिजारोपण कस्ले गर्यो ?” – मस्तिस्कमा यस्तो प्रश्न चलाईरहेका उनी हातले भने चिया चलाईरहेका थिए।
” चिनी कम ” – मैले भनें ।
” यस्ता प्रश्नहरु अनुत्तरित छन। साधारण प्रश्नको त जवाफ छैन। “- छेउमै बसेका प्रिय कृष्ण दाई बोले।
अन्तत चिनी कम राखेरै सुप्रितले चिया पकाएर दिए।
” चिया मिठो छ ।” – मैले भनें।
” प्रेममा घटित सबै घटनाहरुले आनन्द दिन्छन। चिनी कम भएपनी मित्रताको प्रेमले अलौकिक गुलियो थपेको छ।”
” तिमी जे मा पनि साहित्य लगाइदिन्छौ।” – हाँस्दै उनले भने।
“हजुरबा जे मा पनि अमिलो लगाइदिनुहुन्थ्यो, बा जुन बारीमा पनि बकैनाको रुख लगाइदिनुहुन्थ्यो, म चाँही जे कुरामा पनि गफ लगाइदिन्छु। ” – मैले हाँस्दै भनें।