नयाँँ बर्ष: रहर या कहर?
भविन धिताल
” सामाजिक सन्जालमा जीवन ठुलो कि स्वतन्त्रता? भन्ने प्रश्न पनि उठेका छन। हरेक जीवनका लागि स्वतन्त्रता चाहिन्छ। स्वतन्त्रता लगायत हरेक बिषयबस्तुहरु मानब जीवनसँग सम्बन्धित छन।हरेक जीवनको स्वतन्त्रता जीवन स्वयमको जिबिततामा निर्भर छ। निर्जिब संसारमा स्वतन्त्रताको कुरा उठ्दैन।”
——————————————————-
आज हामी नेपालीमाझ नयाँँ बर्ष २०७७ आएको छ। नयाँँ साल एक नयाँँ उमङग भएर आउने गर्थ्यो । नयाँँ साल एक नयाँ रहर भएर आउने गर्थ्यो। तर आज समय अर्कै भएको छ।मनमा रहर पनि छ र त्यती नै मात्रामा कहर पनि।विश्व नै मरणिय अवस्थाबाट गुज्रेको यो समय ईतिहासमा भने अती नै अबिस्मरणिय रहनेछ।केही महिना अघी चिनको वुहानबाट फैलिएको कोरोना भाईरसले आज विश्वब्यापी संक्रमणको रुप लिएको छ। के बिकसित के अबिकसित सबै राष्ट्र र जनता यो महामारिबाट पीडित छन, त्रसित छन।
भाईरसको जोखिमका बिचमा चिनमा पनि यस्तै नयाँ बर्षको सुरुवात हुँदै थियो। मानिसहरु खुशी थिए होलान। परिवार भेटघाटको लागि लालायित थिए होलान।तर रहरका बिच कहर बनेर कोरोना आयो।मनका रहर र भावनाहरु एकाएक एउटा अदृश्य भाईरसले कुल्चिदियो।सुक्ष्म मनबाट पैदा हुने रहर भन्दा सुक्ष्म भाईरस शक्तिशाली साबित भयो। एक कान दुई कान मैदान हुँदै संसारभर फैलिने खबर जस्तै एक ब्यक्ती, दुई ब्यक्ती हुँदै कोरोना भाईरस संसारभर फैलियो।बिकसित कहलिएका युरोप, अमेरिका लगायतका राष्ट्रमा यसको असर तिब्र रुपमा देखिन थाल्यो। दिनहुँ हजारौंको संख्यामा मानिसहरु संक्रमित हुन थाले। अहिले आएर अमेरिका जस्तो बिकसित राष्ट्रमा पनि स्थिती कहालीलाग्दो छ। दिनहुँ हजारौंको संख्यामा मानिसहरु मरिरहेका छन।बिरामीको उपचारको लागि चाहिने अत्यावस्यक सामाग्रीको अभाव छ। डाक्टर, नर्सलाई चाहिने अत्यावस्यक मास्क, ब्यक्तिगत सुरक्षाका लागि चाहिने कपडाहरुको अभाव छ। त्यस्तैगरी संघनकक्षमा भेन्टिलेटरको अभाव छ।मानिसहरु घरभित्र बस्न वाध्य छन। सबै स्कुल अनि विश्वबिद्यालयहरु बन्द छन।हो अनिश्चित समयको लागि बन्द छन।
बसन्त ऋतुको आगमनसंगै घर वरपर फुल फुलेका छन, मन्जरीहरु पलाएका छन।हाम्रो देशमा नयाँँ बर्ष आएको छ। प्रकृति स्वयममा रहर आएको छ। तर आज हामी परिस्थितीको बिलखबन्दमा छौँ।यस्तो बिलखबन्द जहाँ हामी घरभित्र छौँ , जिबनको लागि, जिबनको रक्षाको लागि। आफ्ना आफन्त र साथीभाइ भेट्न सक्दैनौँ । मानिसको जिबन बाँच्न र बचाउन स्वयम मानिसनै चाहिन्छ। त्यसैले आज हामी आफ्नो साथीभाइ बचाउन साथीभाइलाई भेटेका छैनौँ।रहरका बिच कहर तगारो बनेर उभिएको छ।नयाँँ बर्ष आएको छ। तर स्कुल, बजार सबै बन्द छन। मानीसहरु घरभित्रै बन्द छन। रहर त हुदोँ हो साथीभाइ भेट्ने, शुभकामना आदानप्रदान गर्ने।तर परिस्थितिले जीवन असामान्य बनाइदिएको छ। डर र त्रासको बिचमा बाच्नु परेको छ।
हाम्रो देश नेपालमा पनि केही मानिसहरु संक्रमित छन। संक्रमित संख्या कम भएपनी यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सबै जनतालाई घरभित्रै बस्न आदेश जारी गरेको छ।सामाजिक सन्जालमा जीवन ठुलो कि स्वतन्त्रता? भन्ने प्रश्न पनि उठेका छन। हरेक जीवनका लागि स्वतन्त्रता चाहिन्छ। स्वतन्त्रता लगायत हरेक बिषयबस्तुहरु मानब जीवनसँग सम्बन्धित छन।हरेक जिबनको स्वतन्त्रता जिबन स्वयमको जिबिततामा निर्भर छ। निर्जिब संसारमा स्वतन्त्रताको कुरा उठ्दैन।
हाम्रो जस्तो देशमा हामीले बेलैमा सावधानी अपनाउन नसके ठुलो मुल्य चुकाउन पर्ने हुन सक्छ। हामीसँग पर्याप्त मात्रामा अस्पतालहरु छैनन। भएका अस्पतालहरुमा पर्याप्त मात्रामा जोखिमका बेलामा प्रयोगमा आउने उपकरणहरु छैनन।इटली लगायतका अन्य बिकसित राष्ट्रहरुलाई हम्मे -हम्मे बनाएको यो कोरोना भाईरस यदी नेपालमा फैलियो भने त्यसको परिणाम हामी कल्पना गर्न सक्दैनौं।हामीले गर्न सक्ने भनेको सावधानीका उपायहरु अपनाउनु नै हो।
मन रहे माया प्रिती हुन्छ जीवन रहे सम्भावना। यो बिषम परिस्थितीको हामी सबै मिलेर जुध्नुपर्छ। असहज परिस्थितिमा असजिलोमा परेका छिमेकीलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो। सावधानी अपनाउँदै आफ्नो सुरक्षा र अरुको सहयोग अहिलेको अपरिहार्य आवश्यकता हो। हामी बाच्यौँ भने अर्को साल फेरी बसन्त ऋतु आउनेछ र नयाँँ पालुवा पलाउनेछ।सबै चिज परिवर्तनशिल छन। हामी पनि परिवर्तन हुन जरुरी छ। कहरको डरमा रहरलाई मारेर टाडैबाट शुभकामना बाडौं, सहयोग बाडौं।
नयाँँ बर्ष २०७७ सालको सबैमा शुभकामना। मंगल् होस्।