जुँगा (Mustache)

जुँगा…… २०१० जनवरी ३, ट्यांलाफाट, किर्तिपुर

कालो बाक्लो कपाल
जो उम्रन्छ अनुहारमा
नाक भन्दा तल
मुख भन्दा माथि
छोरा मान्छेको साक्षी
वाह! महान जुँगा ।।

पुरुषको हो चिह्न
महिला भन्दा भिन्न
धेरै ठाउँ पनि लिन्न
जो उम्रन्छ अनुहारमा
नाक भन्दा तल
मुख भन्दा माथि
छोरा मान्छेको साक्षी
वाह! महान जुँगा…. ।।