चिया, चुरोट र चुम्बन

चिया, चुरोट र चुम्बन ……

चिया चुरोट र चुम्बनको
कुरै मज्जा छ
झप्प मात लाग्ने
शुरै मज्जा छ ।

बिना ओठ यिनलाई
खाउँ कसरी ?
नशा नशामा मात
पुर्याउँ कसरी ?
थकाइ,पीडा र प्रेमको
बातै मज्जा छ
भेटघाट, बिछोड र मिलनमा
साथै मज्जा छ ।

चिया, चुरोट र चुम्बनको
कुरै मज्जा छ ……..

२०६६।१०।१५ ट्याँलाफाट, किर्तिपुर