अस्तित्व
हिजोको अस्तित्व
आज अस्तित्वविहीन हुँदै
नयाँ अस्तित्व जन्माउन
समयसँगै फैलिएको छ ।
अस्तित्वविहीन हुनुअघिका
सम्पूर्ण भूतका उर्जावान झिल्काहरु
समाहित भएर उदयीमान
नविन अस्तित्व स्वयम एक झिल्को हो ।
शुभप्रभातमा झुल्केका ती झिल्काहरु
वृताकार परिपथमा अस्तित्वउपर
वृहत फन्को लगाउँछन ।
आज स्वयम् अस्तित्व नै
अस्तित्वको महासागरमा पौडिरहेछ
आफू आफ्नै दुनियाँमा
आफू आफ्नै शुरमा दौडिरहेछ
भोलिको अस्तित्वको खातिर
हिजोको अस्तित्वको गर्भमा
आजको अस्तित्वले जन्म लिएको छ ।।
२०६९। १०।२९ , किर्तिपुर