आमाको सम्झना

आमाको सम्झना

आज आमा मलाई तिम्रो याद आईरह्यो
दिनभरि सम्झिरहें झल्को लाईरह्यो
त्यो छाँयालाई कतै आज कष्ट पर्‍यो की ?
हिंड्दै गर्दा ठेस लागेर कतै लड्यो की ?

दुःख पीडा सहेर एक हतियार जन्मायौ
अनेक कष्ट सहेर त्यसलाई हुर्कायौ
आज तिमीलाई कतै आमा पीर पर्‍यो की ?
अाँधी चल्दा चित्त दुःखी अाँसु झर्यो की ?

युद्धको मैदानबाट बाँची फर्किएछु भने
दुश्मनको अन्त्य गर्न सकेछु भने
आमा तिम्रो मुहारमा उज्यालो छाउनेछ
विजयको सूर्योदय लालीमा उदाउनेछ ।

ढुक्क भए आमा तिम्रो दिन आउँदैछन्
सबै जनता सामन्तको विरोध गाउँदैछन्
सर्बहारा, श्रमजीवी नाच्न थाल हो
तिम्रा मेरा मुत्तिका श्रण आउँदैछन् ।

२०६६, असार ०६ , किर्तिपुर ।