डाक्टर ,विरामी र दबाई
हे डाक्टर, ए डाक्टर
तिमी मान्छेलाई भाका दिंदै
डाकेको डाक्यै गर्छौ र त
त्यसैले तिमी डाक्टर।
के गरुँ ? म पनि त विवश छु
विराम लिई लिई तिमीलाई
भेट्न आउँछु र त
त्यसैले म विरामी ।।
तिमी स्टेथेस्कोप कानमा उन्दै
मान्छेका छातीका आवाज सुन्छौ
मुटुको लबधब लबधब सुन्छौ
अन्तरको अनाहद सुन्छौ
आत्माको विमार बुझ्छौ
विमार दबाउन नबुझिने गरी
दुई चार अक्षर खिस्रिक कोर्छौ
शायद दबाउंछ र त
त्यसैले त्यो दबाई ।।
२०६८, चैत्र . न्युरोसर्जन स्व. बालकृष्ण थापा को लागि लेखिएको कबिता।