देशभक्त अभिभावक

देशभक्त अभिभावक

देश बर्बाद भयो भनि चिच्याउनेहरु
छोरा–छोरीलाई अमेरिका घिच्याउनेहरु
देश बर्बाद भयो भनि चिच्याउनेहरु
तिमीहरु राष्ट्रभक्त देशभक्त अभिभावक हौ ।

पि आर ग्रीन कार्ड लिन उस्काउनेहरु
समाजको लागि एक रुपैयाँ नफुस्काउनेहरु
विदेशी डलरमा ठाटसँग बाँच्नेहरु
चोक–चोकमा गफ लाँउदै नाँच्नेहरु
तिमीहरु राष्ट्रभक्त देशभक्त अभिभावक हौ ।

विदेशी डलरमा घरमा मार्बल बिच्छ्याउनेहरु
देश त खत्तम भयो भनि चिच्याउनेहरु
स्वदेशी नेपालीलाई बेस्सरी गिज्याउनेहरु
तिमीहरु राष्ट्रभक्त देशभक्त अभिभावक हौ ।

पैसाको लागि आफना छोरा–छोरी बेच्नेहरु
स्काइपमै देखेर मायाको रहर मेट्नेहरु
पानी–पानी भन्दा बुढेशकालमा नदेला कोइ
थुक्क–थुक्क भन्दै अनि त्यतिबेला बसौला रोइ ।

२०७० साल, काठमाण्डौ ।