प्रिय साथी प्रल्हाद, जो अहिले त्रिभुवन विश्वाबिद्यालयमा साइकोलोजिका प्राध्यापक छन उनी साहित्यमा दख्खल राख्छन। उनले धेरै सोचे, अनी टोलाए किर्तिपुर को झ्यालबाट। आफ्नो कोठाको झ्यालबाट किर्तिपुर लेडिज होस्टलतर्फ हेर्दै टोलाउदा उनको मनमा अपरिचित मायालुको ख्याल आयो। उनले त्यो काल्पनिक मायालुलाई नाम दिए -“चाँदनी। ”
जो मनोहरा छे पुरा नि आधा नि
त्यो झिलिमिली तिमी नै हौ चाँदनी ।
उर्बशी ओइलिन लौ कृष्णकी राधा नि
देखेर तिमी सुन्दरी चाँदनी ।
शुक्लमा फुर्किनी कृष्णमा खुम्चिनी
क्या खेल जानेकी म सधैंं सम्झनी
क्या रुप पायकी म सधैंं सम्झनी ।
सुहाउन सकिन्छ है नवले नि दनदनी
दुलही हौली लुकेर बादले घुम्तिमुनी
रुपमा एक नम्बरकी महारानी
चाँदनी, चाँदनी मेरी चाँदनी
।
२०१३ December 06 ,kathmandu, नियमित डायरिबाट