म तानिरहेछु
म तानिरहेछु
चिया, चुरोट र सास
एकान्त,निष्पट,शुनशानमा
घोत्लिएर,टोलाएर
किन किन म हराएजस्तो
एक विन्दुमा टक्क अडिएर
म तानिरहेछु
चिया,चुरोट र सास ।
यो अनौठौ यात्राको
एक अजीव सम्झना
प्रेम, मिलन र बिछोडका
समग्र पलहरु सम्झिएर
कथा, व्यथाका संग्रहित पानाहरु
एक एक गरी संम्झदै, पल्टाउंदै
एकान्त,निष्पट, शुनशानमा
म तानिरहेछु
चिया,चुरोट र सास ।।
२०६८ , किर्तिपुर