लाग्छ नि त थकाई
लाग्छ नि त थकाई
दिनभरी कराउँदा
लाग्छ नि त थकाई
दिनभरी चिच्याउँदा
“लेट अस कन्सिडर ” भन्दै
मिथ्या झुट फैलाउँदा
कालो मसीले लेखेर
हात पुरै मैलाउँदा
तन्नेरिका हुललाई
गफ गरि झुलाउँदा
मास्टरका हुललाई
गफमा भुलाउँदा
लाग्छ नि त थकाइ
लाग्छ नि त थकाई
दिनभरी कराउँदा
लाग्छ नि त थकाई
दिनभरी चिच्याउँदा ।।
२०७२ साल, काठमाण्डौ,नेपाल ।