हो म पनि एक साधारण मान्छे
सबै बाँचेजस्तै,सबै नाचेजस्तै
म पनि बाँचिरहेछु,नाचिरहेछु
बेसुर, बेकामका गीत गाईरहेछु
फिजुलका गफ लाईरहेछु
हो, म पनि एक साधारण मान्छे ।
सबै खानका लागि बाँच्छन्
सबै तौलँदै,जोख्दै जाँच्छन्
हानाहान तानातानको ताण्डव नृत्य
सबै फाईदाकै लागि नाच्छन्
त्यही भीडमा हराएको
अस्तित्वविहीन एक यात्री
हो, म पनि एक साधारण मान्छे ।
गन्तव्यहीन,विचारविहीन जिन्दगी
निराश, तनाव अनि प्रशस्त छटपटी
कामकुरो एकातिर कुम्लोबोकी अन्तैतिर भनेझंै
बेसुर, बेकाम जिईरहेको जिन्दगी
हो, म पनि एक साधारण मान्छे ।।
२०६६ ।०३ ।१६, किर्तिपुर