ईलामबाट तल झरेपछी अर्को सुन्दर ठाउँँ आउँछ – फिक्कल बजार। कन्याम पछी मलाई फिक्कल बजार मन पर्यो। सानो बजार, स-साना घरहरु तर छुट्टै किसिमको रमझम । सानो सानो पसलमा छुर्पी झुन्ड्यार राखेको। त्यहाँ पनि सबै ईलाम बजारको जस्तै। त्यहाँबाट केही किलोमिटर सानो भ्यानमा गएपछी पशुपतिनगर पुगिन्छ। रु ५० नेपाली तिरेपछी ५-७ जना लिएर भ्यान अघी बढ्छ। यो २०७३ साल तिरको कुरा हो। भुइचालो गएको एक बर्ष भइसकेको थियो तर पूर्वका भवनहरु राम्रै थिए।
पशुपतिनगर पुगेर एउटा ट्याक्सी रिजर्भ गरियो नेपाली रु ३२०० मा। दार्जिलिङ पुर्याउने र घुमाएर फेरी पशुपतिनगर नै ल्याइपुर्याउने सर्त थियो।
सानो कारमा हामी निस्कियौँ। भारतीय नम्बर प्लेटको कार। त्यहाँ धेरै तेस्तै हुदोँ रहिछ। हामी गईरहेको बाटो को एक छेउ नेपाल थियो अर्को छेउ भारत। बिहानिको मौसम हुस्सुले डम्म थियो। नजिकैको पनि नदेखिने। दार्जिलिङ जाने बाटो राम्रो छ। बाटोमा रमणिय ठाउँहरु छन। “घुम” एउटा ठाउँँ हो। त्यहाँ पुग्दा हुस्सु यती धेरै भयो कि कार चलाऊनै गाह्रो नदेखिएर। जिबनमा पहिलो पटक रेलको लिक देखें। त्यसको अघी ” बतासे” मा गएर रोकियो कार। अनी त्यहाँ टिकट काटेर हामी बतासे घुम्यौँ। बगैँचा अनी पार्क र बिचमा एउटा ठुलो मनुमेन्ट जस्तो थियो, आर्मिको नाममा। त्यहाँ स्थानिय ड्रेस लगाएर फोटो खिच्ने गरिरहेका थिए मान्छेहरु। हामीले आफ्नै लुगामा फोटोहरु खिच्यौँ। मोबाइल त्यती राम्रो नभएकाले धेरै फोटोहरु खिचिएन।
त्यसपछिको हाम्रो गन्तब्य दार्जिलिङ थियो। दार्जिलिङको चिडियाखानामा पुगेर कार रोकियो। पद्माजा नाइडु हिमालयन जुलोजिकल पार्क घुमेर खाना खायौँ। त्यसपछी हामी लाग्यौ “चौरास्ता”।
चौरास्ता बिशाल थियो। फराकिलो ठाउँँ। धेरै पर्यटकहरु, मान्छेहरु। चौरास्ताको चोकमा भानुभक्तको सालीक छ। त्यसको कुनातिर जङग बहादुरको सालीक छ। सालीकछेउ उभिएर फोटोहरु खिच्यौँ। एक्कैछिन बसेर मान्छेहरुको चहलपहल हेर्यौँ।
मलाई चौरास्ता मन पर्यो। त्यही १ रात बस्ने मन थियो तर के गर्नु छिटो फर्किने कुराले हतार भयो। त्यो यात्राको क्रममा सिकेको ठुलो पाठ – ” घुम्न जाने हो भने हतार नगर्नु अनी एक रात त्यही बस्नु ।” रात्री जीवन र दिउसोको जीवन फरक हुन्छ। धेरै जान्न हेर्न पाईन्छ।
ठुला- ठुला पसलहरु, धेरै मान्छेहरु, रमिता छ।
चौरास्तामा फेरी जाने रहर छ। त्यहाँ पुगेर आइसक्रिम खाने रहर छ। पुरा होला नि त!! रहर न हो जाबो। हो चौरास्ता गज्जब छ – “चौरास्तामा रमिता छ। “