पाउँदुरकोट
पोखरा बजारबाट अली माथि पाउँदुरकोट पर्छ। साह्रै शितल ठाउँँ छ। पोखरा बाट लुम्ले जाने बाटोमा सराङकोट हुँदै पाउँदुरकोट आउँछ। पहाडी बाटोजस्तो देखिने अनी गाडीहरु र सानो ट्याक्सी हिँड्ने त्यो ठाउँँ पर्यटकिय हिसाबले पनि राम्रो छ। पाउँदुरकोट को फेरा भन्ने ठाउँबाट अग्ला – अग्ला पहाडहरु आँफैसँग कुरा गरम्ला झैं गरी तम्सेको जस्तो देखिन्छ। फेराबाट अली अघी “काँडे” आउँछ। काँडे चोक बाट अलिकती ५ मिन हिँडेपछी ” लुम्ले कृषि केन्द्र ” आउँछ। अती नै सफा र चिसो हावापानी भएको लुम्ले काँडेमा त्यती ठुलो बस्ती त छैन। तर लुम्ले हुँदै मुक्तिनाथ सम्म जाने हाइवे भएकाले गाडीहरु हिँडिरहन्छन। लुम्लेको कृषि केन्द्र राम्रो लाग्यो। पहिलोपटक मैले त्यसरी समय दिएर कृषि केन्द्र हेरें।
उँचाइमा रहेको यो कृषि केन्द्र राम्रो छ । बिभिन्न प्रजातिका रुख अनी तरकारीको बैज्ञानीक परिक्षण गरिएको पाइयो।
पाउँदुरकोटको फेराबाट फेरिएर हेर्दा धम्पुस, अर्को तिर अस्ट्रेलियन बेस क्याम्प देखिँदो रहेछ। पाउँदुरकोट र पोखराबिचको दुरी करिब २५ किलोमिटर जती छ। पाउँदुरकोटमा घरहरु फरक फरक किसिमका छन। कुनै घर पक्की छन त कुनै घर ढुंगाले छाएका। मकै रोप्ने गर्दा रहेछन। मकैलाई बाँदरबाट बचाउनुपर्ने समस्या। घर घरमा बाँदर आएर दु:ख दिने पनि गर्दो रहेछ।
पाउँदुरकोट र लुम्ले काँडे सम्भावना बोकेका ठाउँँ हुन। अस्ट्रेलियन बेस क्याम्प जाने मुल बाटो भएकाले त्यस ठाउँलाई पर्यटकय स्थलको रुपमा बिकास गर्न सकिन्छ।
पाउँदुरकोटको फेरा बाट उभिएर हेर्दा