फुलहरु

फुलहरु,

लक्ष्मी प्रसाद देवकोटाले भनेझै –

” नटिप्नु हेर कोपिला नटिप्नु पाप लाग्द्छ।”

फुलेको फुल देखेर जो कोहिको मन आनन्दित हुन्छ। फुलले सौन्दर्य मात्रै दिदैन बरु खुल्ला आकाशमा दिल खोलेर हाँस्न सिकाउँछिन। फुल प्रकृतिको सुन्दर उपहार हो।
देवकोटा फेरी भन्छन –

“फुलेको फुल देखेर राम्रो हे भाई नछुनु
लोभले हेर्यो मोहनी गर्‍यो जङगली नहुनु
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार
इश्वरको हाँसो पाएको फुल छोएर नमार ।।

सुर्यमुखी फुलले सुर्यतिर हेरेझैँ, मानबले आशा लिएर हाँस्दै खेल्दै अघी बढ्नुपर्छ। सबैको मंगल् होस।
08/01/2018 Larchmont Apartment, Norfolk, VA.

प्रित लगाउँ कि तिमी सँग?
तिम्रो त्यो हँसिलो अनुहार
के साइनो लगाउँ भन?
तिमी मेरो बगैँचाको फुल ।

फुल्दो गुलाबबिच ज्ञान अनेक फुल्छन
बगैँचामा बस गइ सब तत्व खुल्छन।