नेपाली – साहित्य

केही राम्रा नेपाली साहित्य र समिक्षा :

१ राधा : कृष्ण धारावासी

” आफुले आँफैलाई बिर्सेंर अरुलाई आफुमा पाउनु नै प्रेम हो। ”

यो पुस्तक प्रेममा आधारित छ। प्राचिन कथाको माध्यम प्रेम अनी बिभिन्न प्रसङगहरु जोडेर राम्रोसँग प्र्स्तुत गरिएको छ। कुनै – कुनै ठाउँँ सार्है मार्मिक पनि छन। कथाक्रममा राधा र कृष्ण बिचका संबादहरु राम्रा छन, कतै कतै त आसुँ नै झर्ला जस्तो। ” म अब हिमालतिर जादै छु, तपाईं दक्षिणतिर, अब हाम्रो भेट कहिल्यै हुन्न होला । ” यो राधाको भनाइले इमोसनल बनाउन सक्छ।

२ टुँडाल : कृष्ण धाराबसी

यो यौन मनोबिज्ञानमा लेखिएको राम्रो उपन्यास हो। कथाको पात्र अनी फरक उमेर समुहमा आउने यौन – चाहनाको राम्रो प्र्स्तुत गरिएको छ।


३ अन्तर्मनको यात्रा : जगादिस घिमिरे

” म फेल भएँ, लडेँ , भात्किएँ। नलडी मान्छे एक मान्छे बन्दैन । ” अस्कल क्याम्पस पढ्दा फेल भएको प्र्सङमा उनले लेखेका छन। आफ्नो क्यांसर अनी अन्तर्मनको ब्यथा। तामाकोशी अनी रामेछापको कथा। उत्कृष्ट रचना।

४ साबिती : जगादिस घिमिरे

अनौठो प्रस्तुती । ” म जे लेख्छु जे बोल्छु, त्यो नै मेरो दर्शन हो। ” यसलाई नेपाली साहित्यमा गोबिन्द भट्टराई ” दादाबाद” को प्रयोग भन्छ। अन्तर्मनको यात्रा भन्दा यो पुस्तक मन परेको थियो।

५ स्वास्थ – बिज्ञान : खप्तड स्वामी

अलौकिक पुस्तक। यसमा फरक तरिकाले शरीरको बयान गरिएको छ। नयाँ नयाँ उपचार बिधिको बयान गरिएको छ। कुकुरले टोकेमा रेबिज भएको नभएको कसरी पत्ता लाउने देखी नयाँ आयमहरुको बयान गरिएको छ।

६ बिचार – बिज्ञान : खप्तड स्वामी
” बिचार के हो? बिचार को प्रकार र उत्पती” लगाएतका बारेमा उत्कृष्ट बयान गरिएको पुस्तक ।

७ म र मेरो कर्तब्य : खप्तड स्वामी
” म को हुँँ र मेरो कर्तब्य के हो? ” अनुशासनको नियम सिकाउने सानो तर मननिय पुस्तक।

८ चिना हराएको मान्छे : हरिबंश आचार्य

यो पुस्तक अती नै प्रेरणादाइ छ। एक कलाकारको जीवन अनी संघर्षमा लेखिएको आत्मपरक शैलिको यो पुस्तक वरिष्ठ कलाकार हरिबंशको आफ्नो कृति हो।

९ महको म : मदनकृष्ण श्रेष्ठ

मदनकृष्ण श्रेष्ठको ब्यक्तिगत जीवन भोगाइको बारेमा लेखिएको यो पुस्तक राम्रो नै छ। आफुले जीवनमा कलाकारिताको क्षेत्रमा गरेका काम योगदान, मित्र हरिबंश सँगको भेट र सहकार्यको बारेमा राम्रो सँग बयान गरिएको छ।

१० खुशी : बिजयकुमार पांडे

पत्रकार बिजयकुमारको खुशी एउटा राम्रो किताब हो। बिभिन्न घटना र पारीबेशको जानकारीसहित लेखिएको उक्त पुस्तक मदन पुरस्कार बिजेता पुस्तक पनि हो। दमदार शैलिमा घटनाक्रमहरु प्रस्तुत गरिएका छन।

११ बिनोद चौधरी : बायोग्राफी

यो किताब ठिकै छ। एउटा नेपाली धनी मानिसको कथा। धेरै कुरा मोडिफाइ भएजस्तो लाग्न सक्छ तर ब्यापारिको कुनै राजनीति हुन्न, उसले फाईदा हेर्छ भन्ने कुरा स्पस्ट देखिन्छ। धेरै नेगेटिव कुराहरु पनि जान्ने र बुझ्ने अवसर मिल्नेछ।

१२ लक्ष्मीप्रसाद देवकोटाका कृतिहरु
क देवकोटाका निबन्धहरु
ख देवकोटाका कथाहरु
देवकोटाका निबन्धहरु उत्कृष्ट छन। ” के नेपाल सानो छ?”, ” कुर्ची टेबल ” देवकोटाका राम्रा निबन्धहरु हुन। जती पढेपनी फेरी पढ्न मन लाग्ने, आनन्द आउने । देवकोटाका कथाहरु अती साधारण तर गहिरो भावमा लेखिएका छन।

१३ सेतो धर्ती : अमर न्यौपाने

यि लेखक बडो राम्रो लेख्छन। सेतो धर्ती पुस्तक मदन पुरस्कार बिजेता पुस्तक हो। सन २०१२ मा लेखिएको यो पुस्तक एकल महिलाको जीवनिमा आधारित उत्कृष्ट रचना हो।

१४ करोडौ कस्तुरी : अमर न्यौपाने

यो किताबमा सबै कुरा मिसिएको छ। हाँसो, रोदन अनी जीवनका भोगाइ। कलाकार हरिबंसको जीवनिमा आधारइत भएर लेखिएको पुस्तक राम्रो रचना हो।

१५ घनचक्कर : सन्जिब उप्रेती

यो पोस्ट मोडनिज्ममा लेखिएको किताब हो। लेखकको लेखानी आफ्नो जीवनसँग मेल खाने घनचक्कर किसिमको छ। त्रिभुवन विश्वाबिद्धयालयका प्राध्यापक डा उप्रेती अङ्रेजी बिभागमा अध्यापन गर्छन्। केही पटक भेटेको अनी सुनेको छु।

१६ कर्णाली ब्लुज : बुद्धिसागर

यो बुक मलाई धेरै मन परेको बुक हो। पश्चिमपहाडी जीवन, बाबु र छोरा बिचको संबन्ध। यसमा प्रयोग गरिएको भाषा र घटनाक्रम रोचक छ। नेपाली समाजमा धेरै पढिएको पुस्तक।

१७ माइक्रोसफ्ट देखी बाहुनडाँडा सम्म : जोन उड

माइक्रोसफ्टको जागिर छोडेर स्कुल स्थापना गर्नका लागि हिँडेका जोन उडको बारेमा लेखिएको किताब। रुम टु रिड का संस्थापक। यो अती नै प्रेरणादायी पुस्तक हो।

१८ पल्पसा क्याफे : नारायण वाग्ले
वरिस्ठ पत्रकार नारायण वाग्लेले लेखेको यो नोबेल मदन पुरस्कार प्राप्त किताब हो। सन २००५ मा मुद्रित यो किताबले नेपाली साहित्यमा फरक तरिका ल्याइदिएको थियो। प्रेम, सामाजिक द्वन्दका बिषयबस्तु समेटेर लेखिएको यो पुस्तक राम्रो छ।

१९ समर लभ : सुबिन भट्टराई

यो बुक नयाँ युवापिढिमा चर्चित छ। तर मलाई आफुले पढ्दा ठिकै लाग्यो। प्रेम, संबन्ध अनी रोमान्सको बारेमा लेखिएको किताब।

२० मुना मदन : लक्ष्मी प्रसाद देवकोटा

सानोमा यो किताब भाका हाली हाली पढेको अझै याद छ। रु १५ तिरेर किनेको अझै याद छ। झ्यौरे शैलिको रचना।

२१ जीवन काँडा कि फुल : झमक घिमिरे

राम्रो किताब। एउटा नारी, अनी अपाङ्ग । खुट्टाको भरमा लेखिएको किताब। झमकको जीवनिमा लेखिएको किताब। यो फिल्म पनि बनेको छ। (रोजिता बुद्धाचार्य ले अभिनय गरेकी छिन। उनी मास्टर सेकेण्ड इयरमा अस्कल क्याम्पसमा पढ्दा म उनको क्लासलाई क्वान्टम मेकानिक्स पढाउँथे।)

२२ सोच / खोज / म सक्छु : कर्ण शाक्य

यो बुक ठिकै छ। उनले भनेका कुराहरु राम्रै लाग्छन। तर त्यसका लागि धेरै कुरा मिल्नु पर्ने हुन्छ। कुनै हिसाबमा प्रेरणादायी नै छ।

२३ फुलको आँखामा : आनी

आनिको जीवनएे, उनले भोगेको पारिवारिक हिंसा अनी आनी बन्ने बाटोको बारेमा लेखिएको आफ्नो कथा, प्रेरणादायी छ।

२४ खान पुगोस दिन पुगोस : रबिन्द्र मिश्र

वरिस्ठ पत्रकार रबिन्द्र मिश्रले लेखेको यो किताब प्रेरणादायी नै छ। बिभिन्न सामाजिक सम्भावना अनी ब्यवहारिक कुरा समाबेश भएको।

२५ रक्तकुन्ड : कृष्ण अबिरल

यो किताब त्यती बेला धेरै बिक्री भएको किताब हो। राजदरबार हत्याकाण्डको बारेमा लेखिएको सनसानीपूर्ण किताब।

२६ छापामारको छोरो : महेस बिक्रम शाह

कथाहरुको सङग्रह । ” बधशालामा बुद्ध ” जस्तो राम्रा कथाहरु समेटिएको। माओवादी द्वन्द। एक सिपाहीले लेखेको कथा।

२७ सम्झनाका कुइनेटाहरु : खगेन्द्र संग्रौला

यो किताब मैले सुरुका दिनहरुमा पढेको किताब हो, बि स २०६५ तिर। संग्रौलाको लेखन शैली राम्रो छ। ब्यङग अनी सही चित्रण।

२८ बिज्ञान कथा : सरुभक्त

सरुभक्त नेपाली साहित्यका एक राम्रा साधक हुन। “पागल बस्ती” ” तरुनी खेती “जस्ता उपन्यास लेखेका उनी बिज्ञानका विद्यार्थी हुन। त्यी उपन्यास खसै पुर गर्न नसकेकोमा दु:ख लाग्छ। तर ” बिज्ञान कथा ” मलाई खुब मन परेको किताब हो। उनी मदन पुरस्कार बिजेता लेखक हुन।

२९ जुनाकिरिको संगित : खगेन्द्र सङ्ग्रौला

यो अली मोटो किताब छ तर यसमा प्रयोग गरिएको भाषा र घटनाक्रम अती नै राम्रो छ। नेपाली समाज, त्यहाँ बोलिने भाषा अनी नेपाली समाजको द्वन्द।

३० मैले देखेको दरबार : बिबेक शाह

दरबार हत्या काण्डको बारेमा लेखिएको पुस्तक। अली धेरै पेजको छ। पूर्व सैनिक सचिबको दरबारसम्बन्धी बयान।

३१ मिस्टिका : कुमार नगरकोटि

कालो बिरालोको चित्र राखेर छापेका ” मिस्टिका” के लेखेको हो? कती लेख्न सकेको हो? जस्तो लाग्छ। पागल नगरकोटिको तरिका पनि पागल छ। बेसुर अनी बिन्दास स्टाइल। साइको टाइपको ।

३२ गुणरत्न माला : पं जगन्नाथ उपाध्याय

यो नेपाली समाजमा खास गरी गाउँले परिबेश अनी बुढापाका हरुमा फेमस किताब हो। सानो छ। बिभिन्न बिषयमा श्लोक लेखिएको छ।

३३ सुम्निमा : बिश्वेशर प्रसाद कोइराला

यो यौन मनोबिज्ञानमा आधारित पुस्तक हो। अती नै सरल भाषामा एउटा पुरुष र महिलाको बिचमा हुने आकर्षणको बयान गरिएको छ।

यि बाहेक अरु पनि थुप्रै जीवनी र कथाहरु छन। नेपाली साहित्यमा ईन्द्रबहादुर राइका कथाहरु, भुपी सेरचनका कबिताहरु, गोबिन्द बहादुर ” गोठाले” का रचनाहरु अती प्रिय छन।

** यि पुस्तकहरु आफुले पढेकामध्यै राम्रो लागेका किताब हुन। पढ्नलाई किताब दिने, किताब नै उपहार दिने, पढ्नलाई हौसाउने सबैलाई धन्यवाद। पढ्ने सुरुवाती दिनहरुमा दिनभरी निशुल्क पढ्न दिने ” केशर महल पुस्तकालय “, बालुवाटार बस्दाको बेला ” डिल्लिरमण रेग्मी पुस्तकालय “लाई धन्यवाद। बिशेष गरी केशर महल पुस्तकालय जहाँ दिनभरी बसेर २०६३ / २०६४ मा किताबहरु र पत्रीका पढ्ने बानी भयो।