एस्.एल्.सि., बाख्रा र डिस्कटिन्क्सन
२०६० सालको SLC पछिको मुख्य काम थापाको घोलमा बाख्रा हेर्ने, फुटबल र पान्लौरी खेल्ने हुन्थ्यो ।
घरमा क्यारेम बोर्ड खेल्ने सुबिधा थियो । बाँकी समय टि. भि. हेर्ने काम हुन्थ्यो । म भकुन्डो खेल्न मन पराएपनि दौडिन सक्दिनथे र पोल कुरेर गोल हान्ने गर्थे। त्यती बेला म झ्याली पनि गर्थेँ। कहिलेकाहीँ आफ्नै पोस्टमा पनि गोल गर्थेँ।
एस.एल.सी को परिक्षाफल प्रकाशन भएको कालिका एफ एम ले बिहानै फुकेको थियो ।
आमाले मलाई रिजल्ट भयो उठ भनि कराईरहनुभयको थियो तर मेरो ७ नबजी उठ्ने बानी थिएन ।
बल्ल बल्ल उठें तर मलाई बाख्रा हेर्न जाने रहर थियो तर आमाले कराएपछि म स्कुल पुगें। त्यहाँ जन ज्योति मा बि मा कोही माखो पनि उपस्थित थिएन।
प्रगतिनगर बजार जाँदा मान्छेको निकै भिड थियो तर म कालो, पातलो मान्छे को सँग बोल्ने ? नबोली बसिरहेको थिएँ।
मान्छे नानाथरी कुरा गर्दै थिए। “मेरो स्कुलले २ जना Distinction ल्याउँछ” भन्दै भिमसेन मा बि का हेड्मास्टर कुर्लिरहेका थिए ।
तर जन ज्योतिका कोही मास्टर उपस्थित थिएनन।
१० बज्ने बेलामा PCO का मान्छेले मलाई बोलाएर मेरो नाम र Symbol number सोधे, मैले डराएर बिस्तारै उत्तर दिएँ ।
तिम्रो Distinction आएको छ भाई ल बधाई छ भने तर मैले केही भनिन किनकी Distinction मेरो लागि नौलो थिएन ।
बरु मलाई बाख्राले आज चर्न पाएन कि भन्ने बडो पिर परिरहेको थियो ।
पछि गोराखपत्रमा पहिलो लहरमै आफ्नो सिम्बोल नम्बर हेर्दा पास भएछु भन्ने भयो ।
म घर गएँ, भात खाँए र यसो थापाको घोल तिर हेरें। घाम चर्किसकेको थियो ।
सरकारी स्कुलबाट त्यती धेरै अंक आएकोमा सबै कुरा गर्दै थिए, बा र आमाले खुशीले क-कसलाई चक्लेट बाँड्नु भो मलाई थाहा भएन तर बिहानको अपुग निन्द्रा र बाख्रा हेर्न नपाएकोले म साह्रै दुखी थिएँ ।
त्यो दिन मैले ३ बजेपछि चराउन लानु पर्ने बाख्रा बिहान हेर्न नपाएको झोकमा दिउसो १ बजे नै लिएर थापाको घोलमा पुगेको थिएँ ।
( नितान्त ब्य्क्तिगत )