म आमाको अप्रेशन गरेपछि ३ दिन चितवन मेडिकल कलेज (cmc) बसें ।
हस्पिटलका लामाखुट्टे बैध्य बा भन्दा कडा निस्किय ।
म जस्तो सोजो मान्छेलाई पनि छोडेनन ।
गाडी बन्द थियो । साइकल र बाईक मा अलि अलि हिंडे ।
म बाबालाई घर बोलायर हस्पिटल पुगें । आमा post-up मा हुनुहुन्थ्यो । दिदी operation Theater कै नर्स भयकाले मलाई भित्र केही गाह्रो भयन ।
म post up मा गयपछि मलाई हेरेर आमा पिल्ल रुनुभो ।
म केही नबोली बसें ।
घर बाटै नरमाइलो मान्दै बाबा सँग जानुभयको थियो ।
मैले डक्टर कहाँ लाने हो , सन्चो हुन , कसाइ कहाँ हो र ?
भनेर सम्झाएको थिएँ ।
डक्टरले तपाईंको नजिकको माया लाग्ने को छ ? भनि सोद्ला, अनि तपाईं “भैंसी “भन्नु होला नि भनेर जिस्काएको थिएँ।
सानी मान्छे, पहेँलो अनुहार भएको नरमाइलो लाग्यो ।
त्यसपछि म त्यो दिन भित्रै गइन, भान्जालाई पठाएँँ ।
भोली पल्ट बिहान गएँ , दिउसो वार्डमा सारीयो। म आमाको नजिकै बसिरहेको हुन्थें, आमा बेला-बेलामा नरमाइलो मानेर रुम्ला झै गर्नुहुन्थ्यो । म भन्थेँ -” भौतिकशास्त्री को आमा भएर रुनु हुन्न ।
साना-साना छोरी जस्ता नर्स हरु देखेर माया लाग्थ्यो ।
मैले aciloc दिनुभो ? gastritis ” – भनेँ। उ हाँसि । शायद मैले सही उच्चारण गरे भनेर होला । मैले हाँस्दै itis जोडदै अरु पनि भनेँ। उ मुर्छा परेर हाँसि। म मन्द मुस्कानले हाँसे।
उस्ले जानेको रहिछ भन्ठानी होली। म किन जान्दिनथें र?
codopar, दुखाइ कम गर्ने दबाइ हो भन्दै थिए। म codeine phosphate को बारेमा हस्पिटलमा सबैलाई सेमिनार दिउँकी सोचिरहेको थिएँ।
अन्तिम दिन मैले सुनिल लाई भेटें। उनि मेरा अर्किड साइन्स पढ्दाका साथी थिए । उनि cmc का मेडिसिन तिरका डक्टर रहेछन। फोन नम्बर मागे र भने- कहिले काहीं कुरा गर्नु हुन्छ । मैले फोन नम्बर दिएँ र मम्मि,भाई को खबर सोधेँ अनी बिदा भएँ।
मेरा धेरै साथीहरु छन्, तर +2 का साथीहरु सँग त्यती आजभोलि भेट छैन । रमेश अधिकारि गीतानगरका र गुरु दाहाल माडी अयोध्यापुरिका साथी इन्जिनेअर छन। दाहाल ईन्डिया छन। रमेश नेपाल शायद ।
अरु धेरै साथीहरु बिदेश छन ।
कोही साथी डक्टर भए ,कोही इन्जिनेअर। म पनि हुन त भएँ तर के भएँ ? थाहा छैन। शायद- तोरिलाउरे ।