डा थापाको सम्झनामा

” म डक्टर हुँं तर मलाई नि सबै कहाँँ थाहा छ र? भबिन भाई ” – उनी भन्ने गर्थे।
” सन्चो भएरै त होला नि बिरामी आको आइछन ” – उनी जोक गर्थे अनी हँसाउथे।
२०६३ सालको साउनमा राष्ट्रिय सभा भवनमा पहिलोपटक उनको दम्दार भाषण सुनेपछी मलाई लाग्यो, यो मान्छे कडा छ।
२०७० सालमा फेरी भेट भयो “उनी डक्टर अनी म बिरामी।”
राम्रो दोस्ती जम्यो, राजनैतीक र साहित्यिक बिचारको मेल भएर होला।
धेरै पटक भेट भयो, राम्रो भयो।
” परिवर्तन गर्नुपर्छ भाई, तपाईंहरुजस्ता केटाहरुले गर्नुपर्छ। ” भन्थे , प्रेरणा दिन्थे।
करिब २ बर्ष अघी भेट भएको थियो अनी भनेका थिए – ” राम्रो गर्नु, शुभकामना। ”

परिवर्तन ल्याउने, दौडने कुरा गर्थे …….तर आज उड्दाउड्दै लड्न पुगे,
अब कहिल्यै नउठ्ने गरी बिदा भए। हार्दिक श्रद्दान्जली #Neurosurgeon Dr. Balkrishna Thapa.

तिम्रो आत्मालाई शान्ती मिलोस ।

उनको मृत्‍यु देशको लागि अझै बिशेष गरी चितवन जिल्लाको लागि ठुलो क्षती हो। ।

” २०७० साल चैत्रमा उनैको लागि उपहारस्वरुप लेखिएको कबिता ” हार्दिक श्रद्धासुमन सहित

डाक्टर, विरामी र दबाई

हे डाक्टर, ए डाक्टर
तिमी मान्छेलाई भाका दिंदै
डाकेको डाक्यै गर्छौ र त
त्यसैले तिमी डाक्टर ।

के गरुँ ?म पनि त विवश छु
विराम लिई लिई तिमीलाई
भेट्न आउँछु र त
त्यसैले म विरामी ।।

तिमी स्टेथेस्कोप कानमा उन्दै
मान्छेका छातीका आवाज सुन्छौ
मुटुको लबधब–लबधब सुन्छौ
अन्तरको अनाहद सुन्छौ
आत्माको विमार बुझ्छौ
विमार दबाउन नबुझिने गरी
दुई– चार अक्षर खिस्रिक कोर्छौ
शायद दबाउंछ र त
त्यसैले त्यो दबाई ।।

भविन धिताल, देवचुली १४, दलदले, नवलपरासी
२०१८, मार्च, नोर्फोल्क ।