नेपाली राजनीति, गठबन्धन र सम्भावना

नेपाली राजनीति, गठबन्धन र सम्भावना।

” कुन घरका मान्छेले कुन रक्सी कसरी खायो? गिलासमा हालेर खायो कि? ठाडो घाँटी लगार खायो कि? त्यो सँग कवाडीलाई कुनै मतलब छैन, मात्र बोत्तलको सन्ख्या सँग मतलब छ। माले झाले जो सुकै मिलुन, हामी जनतालाई बिकास सँग मतलब छ। बस कुरो त्यही हो। “- बुढा बेस्मारी कड्किए। रहर नहुँदा नहुँदै मलाई साँइला बा तिर फर्किन मन लाग्यो।

” मिल्नु त राम्रो हो नि।” – मैले सोजो पाराले भनें।
” मिल्नी भनेर हुन्छ? चामलमा माटो मिसाएर हुन्छ?” – उनी कड्किए।

” तिमी बिज्ञानको विद्यार्थी होइन? सजातिय सजातिय बिचमा मात्र कृया हुन्छ जसको एउटै आयम हुन्छ। राजनीति लाई बिज्ञान मान्ने हो भने नियम हुन्छ नि। हिजो टाउकोको मुल्य तोक्ने टाउकेहरुसँग, मुल्य तोकियका आफुलाई महान तथा गौरबशाली भन्नेहरुको मिलेमतो छ। हिजो लिङगको निर्क्योल नभएकाहरुसँग आफुलाई भाले हुँँ भन्ने अहमरुपी खोल ओढेका नव-सम्भ्रान्तबादीहरुको मिलेमतो छ। आफुलाई बिद्द्वान मान्नेहरु , बौद्धिक मान्नेहरु, भौतिकबादी मान्नेहरु उखान-टुक्केहरुसँग मिलेका छन । अशुद्ध मिलनबाट नेपाल आमाको बिकास सम्भव छैन। बर्ग अनी बर्गसंघर्शका कुरा गर्ने अनी चुनाव जित्नका लागि आन्दोलन दबाउने मन्डले अनी मुल्य तोक्ने बन्डले सँग मिल्ने। अनी आफुलाई कम्युनिस्ट भन्ने? ” – बुढा कड्किए।

” अनी कम्युनिस्ट मिले भने त बिकास होला नि?” – मैले डरै -डरमा सोधें ।

” को छ यहाँँ कम्युनिस्ट? सबै जड्याहाँ कम्युनिस्ट। बाघको खोल ओड्दैमा कोही बाघ हुँदैन। देशको बिकास चाहेको भए १० बर्ष अघी मिल्नुपर्थ्यो। ५० औ बर्ष अघी रुसमा फालिएको ” जनताको बहुदलिय जनबाद” ओकलेर आफुलाई राष्ट्रबादी भन्नेहरुबाट बिकास कसरी सम्भव छ? ” जनबाद भनेको छोराछोरिलाई अन्तराष्ट्रिय माफियाको जमिनमा मजदुरी गर्न पठाएर बाबुआमालाई भत्ता बाड्नु होइन। गफ गरेर, गुरिल्ला र गैंडाका कथा सुनाएर देशको बिकास सम्भव छैन। हिजो संसार जित्ने अभिलाषाका साथ १० बर्ष स्वेच्छिक बनबास गएका आफ्नो अगाडि महान तथा गौरबशाली नछुटाउने नक्कले कम्युनिस्टले २००७ सालपछिको प्रजातन्तबादीहरुले जस्तो ” नपाउने ले केरा पायो बोक्रा पनि खायो” भनेजस्तो गरें। जङलमा बल्लतल्ल गिठा भ्याकुर खाएर संघर्श गरेकाहरु, काठमाडुंको आलेसान महल र चौरासी ब्यन्जनमा अल्झिए। बिलासिताको पराकस्टा देखाए, बाटो बाटोमा सबै सँग नाच्दै हिंडे। बन्दुकलिएर हिंडेकाहरु पछी आएर मलाई प्रधानमन्त्री बनाइदे भनेर केटाकेटिको जस्तो बाटोमा रोएर आन्दोलन गर्न थाले। यस्ता बाट बिकास सम्भव छैन।” – उनी कड्किए।

” एउटै आस्था र प्रप्तिको लागि एउटै समुदायमा बसेको भये पो कम्युनिस्ट भन्नु? घमन्ड र डरको आडमा मिलेको जस्तो देखिनु नेपाली समाज लाई ठुलो नोक्सान हो। कम्युनिस्टहरु मिल्न सक्दैनन। कि त सत्ता कब्जा गर्न सक्नुपर्थ्यो। अब नसकेपछी यसरी दलिय मोर्चामा जानेहरुलाई कम्युनिस्ट भन्न मिल्दैन। एउटा कङ्रेश हो बाँकी सबै झान्क्री कङ्रेस हुन।”

” ओहो , अब के गर्ने त बा? ” मैले भावुक भएर सोधें।

” केही नगर्ने, कि तिक्डम गरेर मादल बजाउने, नसके अरु मादल बजाउँछन आफु नाच्ने।”

” बाउ बोत्तले
आमा मादले
छोराछोरी भन्ट्यङ्भुन्टुङ
दे न लात्ताले । ”

” यस्तै हो बाबु अब तिमी पढेलेखेका मुन्छे धेरै जाँन्दचौ, भैंसी भोकायो, म घाँस काट्न हिंडेँ। ल पछी कुरा अरम्ला, जय नेपाल। ”
यती फलाकेर बा घाँस काट्न हिँडे।

२०७४ साल, असोज २०, नोर्फोल्क, भर्जिनिया ।