आज राती भुतले उठायो । अनी लगातार प्रश्न गर्न थाल्यो।
भुत : कती सुत्छस? मालिक होस? राजा होस्?
म : होइन, किसानको छोरा हो, घाँस काट्ने, गोबर सोहोर्ने किसानको सन्तान हो।
भुत : बा को याद आउँछ?
म : एकदमै आउँछ। ससांरमा सबै भन्दा धेरै माया र याद बा को आउँछ।
भुत: आमालाई सम्झिन्छस ?
म: बिर्सेंकै छैन सम्झिनलाई।
भुत: गाउँको याद आउँछ?
म : आउँछ,छत्तिसघर, प्रगतिनगर, दलदले,सबैको याद आउँछ। थापा घोलमा बाख्रा चराएको याद आउँछ।
भुत: के चाहिएको छ जिबनमा?
म : आनन्द।
भुत: ग्रीन कार्ड चाहिएको छ?
म : छैन।
भुत: नेपालको माया लाग्छ?
म: धेरै
भुत: फर्किन्छस?
म: फर्किन्छु ।
भुत: के गर्छस फर्किएर?
म: पढाउछु, जानेको कुरा सिकाउँछु।
भुत : ल त्यसो भए सुत, पछी कुरा गरम्ला।
यती कुरा गरेर भुत गाएब भयो। म सुत्न सकिन। म रातभर सोचिंरहे।
10/26/2019, Jefferson Lab, CASA.