बुद्ध : एक बैज्ञानीक

बुद्ध : एक बैज्ञानीक

“गरेर हुने कुरा भनेको बिज्ञान हो।”

सिद्धार्थ गौतम आफु बुद्ध हुन घर परिवार छाडेर हिँडेको कथाहरु सुन्नमा पाईन्छ। उनले लामो समय लगाएर प्रयोग गरे र आफुलाई परिवर्तन गरे – सिद्धार्थ गौतमबाट गौतम बुद्धमा।

बुद्धत्व एक चेतनाको अवस्थाको नाम हो। त्यो अवस्थामा मान्छेले दु:खबाट छुटकरा पाउँछ। प्रकृतिमा घट्ने घटनाहरुलाई उजागर गर्ने बिधिलाई बिज्ञान भनिन्छ। आफ्नो शरीरमा घट्ने र हरक्षण परिवर्तन हुने संबेदनालाई हेर्ने र त्यही बिधी माध्यम आफुलाई दु:खबाट छुटाउने बिधी हो विपस्सना।

यसरी प्रयोगमा आधारित रहेर आफुले मापन गर्न सक्ने, अनुभव गर्न सक्ने बिधी भएकाले विपस्सना एक बैज्ञानीक बिधी हो। यसको खोजकर्ता बुद्ध एक बैज्ञानीक हुन। विपस्सना बिधी शरीर बिज्ञानको अती नै ठुलो खोज हो जहाँ शरीर माध्यम चेतनाको परम अवस्थामा पुगेर आफ्नो शरीरमा घटिरहने संबेदनाको खोज गर्न सकिन्छ।

प्रयोगशालामा खोज गर्नको लागि विभिन्न सुचकहरुको मात्रा मिल्नु पर्छ। प्रयोगको लागि सबै वातावरण मिल्नु पर्छ। प्रयोगका केही नियम हुन्छ। यो बिधिको पनि केही नियमहरु छन। साधकका लागि पञ्चशिल नियम छ। त्यसबाहेक पनि अरु भोजनका नियम, दैनिक दिनचर्याका नियमहरु छन।

बिज्ञानको भनाइअनुसार हरेक चिज परिवर्तनशिल छ। हाम्रो शरीर पनि परिवर्तनशिल छ। हरेक सेकेण्डमा हाम्रो शरीरमा अनगिन्ती परिवर्तन भइराखेका छन। त्यो परिवर्तनलाई जान्ने बिधी विपस्सना बिधी हो। त्यो बिधी जानेर खोज गर्ने मान्छेले शरीरको सत्य जान्दछ र त्यसको ज्ञान भएपछी उसको पिडा कम हुन्छ।

बुद्ध जिन्दगीभर नास्तिक रहे। उनले भगवानको उपस्थिती अस्विकार गरे। विपस्सना बिधिमा भगवान, मन्त्र, धुप – अबिर कतै केही पाइदैँन। यो गरेर हुने बिधी हो।

बुद्ध भन्नुहुन्छ – सुने न होइ , बदे न होइ , किए होइ । अर्थात सुनेर हुँदैन, बोलेर हुँदैन गरेर हुन्छ। गरेर हुने कुरा भनेको बिज्ञान हो। त्यसैले विपस्सना बिधी बैज्ञानीक बिधी हो अनी यस बिधिका प्रणेता बुद्ध एक बैज्ञानीक हुन।