विपस्सना परिचय -१

विपस्सना : धर्म श्रिङ्ग (एक परिचय )

सिद्धार्थ गौतमले आफु बुद्ध हुन प्रयोग गरेको अस्त्रको नाम हो “विपस्सना।” जसको अर्थ आँफै भित्र हेर भन्ने हुन्छ। विपस्सना एक बिधी हो जसमा आफ्नो शरीरमा घट्ने संबेदनाहरु लाई हेर्न सिकाइन्छ।
काठमान्डौको धर्म श्रिङ्ग विपस्सना सिकाउने प्रमुख केन्द्र हो। यसको अफीस ज्योति भवन जमलमा छ। १० दिनको ध्यान बिधिको लागि यहाँ फर्म भर्न पाईन्छ। सबै कुरा निशुल्क छ।

फर्म भरेपछी समयअनुसार अफिसमा उपस्थित हुनुपर्ने छ । त्यसपछी सबैलाई एउटा ठुलो हलमा जम्मा गरेर विपस्सना सम्बन्धी आधारभुत कुराहरु निर्देश गरिन्छ।

त्यसपछीको यात्रा बुढानिलकण्ठको हो जहाँ धर्म श्रिङ्ग छ। शिवपुरी राष्ट्रिय निकुन्जको प्रबेशद्वारमा धर्म श्रिङ्ग रहेको छ। सुन्दर र मनोरम परिबेशमा एक उचित साधना स्थल छ।

पहिलो दिनको साँझ त्यहाँ पुगेर विपस्सना को बारेमा साधारण प्रवचन सुरु हुन्छ। भोली बिहान ४:०० बजे घन्टी बज्छ अनी साधना सुरु हुन्छ।

४ बजेको घन्टी उठ्ने संकेत हो। उठेर सफा हुने र साधनाको लागि तयार हुने। घर भित्रै नुहाउने ब्यवस्था छ। शौचालय पनि घर भित्रै छ।

४:३० बजे ध्यान सुरु हुन्छ। आचार्य सत्यनारायन गोयन्काको रेकर्डेड वाचन हुन्छ जहाँँ विपस्सना बिधिको लागि निर्देशन गरिन्छ।

पहिलो ३ दिन आनापान हुन्छ। जसमा स्वास भित्र गएको र आएको हेर्ने तरिका सिकाइन्छ। त्यसपछी विपस्सना सिकाइन्छ।

४:३० बाट ध्यान सुरु हुन्छ अनी ६:३० बजे सम्म । अनी बिश्राम अनी बिहानको ब्रेकफास्ट।
८ बजे बाट फेरी सुरु हुन्छ ११ बजे सम्म ध्यान। बिचमा ५ मिनेटको बिश्राम। ११ बजे खाना खाने ब्रेक। २ घण्टा बिश्राम। १ बजे देखी ३ सम्म ध्यान अनी ५ मिन ब्रेक। त्यसपछी फेरी साधना। अनी फेरी ५ बजे बिश्राम। साझँको भोजन। ६ बजे फेरी साधना सुरु। ध्यान सुरु। करिब ८:३० सम्म। अनी १ घण्टा जती आचार्य गोयन्काको प्रेरणादायी प्रवचन। ९ बजे बिश्राम ।

यसरी १० दिनको साधना को समय – तालिका रहन्छ।