विपस्सनाका नियमहरु
विपस्सनाका साधकहरुले पञ्चशिलको नियमलाई पालन गर्नुपर्ने हुन्छ।
१ अहिंसा
२ चोरि नगर्नु
३ ब्रह्मचर्य पालना गर्नु।
४ झुटो नबोल्नु।
५ धुम्रपान, मध्यपान र सबै कुलतबाट टाढा रहनु।
1.to abstain from killing any being;
2.to abstain from stealing;
3.to abstain from all sexual activity;
4. to abstain from telling lies;
5.to abstain from all intoxicants.
विपस्सनाको मुख्य उद्धेश्य भनेको दु:खबाट मुक्ती पाउनु हो। यो कुनै सम्प्रदाय वा संस्कार होइन। विपस्सना कुनै धर्म होइन। यो कुनै बौद्ध धर्म होइन। कुनै हिन्दू धर्म होइन। यो बिज्ञान हो। बिज्ञान ले जे कुरा सत्य हो त्यसैको खोज गर्छ। विपस्सना बिधिले हाम्रो शरीरमा हुने संबेदनाको अनुभव गराउँदै ति सबै संबेदनाको माध्यम दु:खबाट निस्कने बाटो दिन्छ। यो मैलो मन सफा गर्ने बिधी हो।
यो ध्यान बिधी अती गहन र संबेदनशिल हुन्छ। यसको प्रयोग गर्दा नियम सही रुपमा मान्नै पर्छ। १० दिनको प्रयोगमा सबै काम होसपुर्बक गर्नुपर्ने हुन्छ। किताब पढ्ने, मोबाईल टि भि को प्रयोग, पत्रपत्रीकाको प्रयोग, एक आपसमा बात-चित सबै कार्य बर्जित छ।
यो आफ्नो अध्धयन गर्ने काम सजिलो काम होइन। स्वयम अनुशासनमा बसेर नियमपुर्बक कडा साधना गर्नु गार्हो काम हो। सच्चा विपस्स्वी साधक शायद जस्तो सुकै पिडा सहन सक्ला।
सबको मंगल् होस् । भवतु सब्ब मंगलम।
08/04/2018, Norfolk.