” फट्याइँ , जाल्झेल र भ्र्स्टाचार सिकाउने हाम्रो समाजमा सत्य, तथ्य र प्रकृतिको अनुशासन सिकाउने गणित र बिज्ञानको के आवश्यकता?”
बिज्ञान प्रयोगमा भर पर्दछ। बिज्ञान अन्तर्गत जीबबिज्ञान , रसायनबिज्ञान, भौतिकबिज्ञान लगायत धेरै हागाँहरु छन। हरेक घटनाक्रम लाई प्रयोगमा आधारित भएर सत्य हो कि होइन भनी जाच्नु, जाच्नु अघिको परिकल्पनालाई सत्य भए सिद्धान्तको रुप दिनु , त्यही सिद्धान्तमा रहेर मानब जिबनका उपयोगी उपकरणको बिकास गर्दै भबिस्यको खोजी गर्नु बिज्ञान हो, बिज्ञानको क्षेत्र हो।
नेपाली समाज र बिज्ञान
एक साधारण किसान परिवारमा जन्मिएर रुपैयाँ २० पर्ने चप्पल प्याट्प्याट पड्काउँदै स्कुल जाने ठिटो अमेरिकामा बिज्ञानको खोजमा बिद्याबारिधीको लागि गएको छ भनी गर्व गर्ने हाम्रो समाज अनी हाम्रो घरका मान्छे, कती पैसा कमाउँछौ ? भनी प्रश्न गर्छन्। जब पैसा कमाइ नहुने अनी दिनभरी टाउको तताएर पढ्ने र नयाँँकुराको खोज गर्ने भन्दा मान्छेहरु अनुहार बिगार्छन। ज्ञान र बिज्ञानको खोजमा हिंडेकाहरुलाई, जग्गा दलाली र भ्रस्टाचारीहरु सँग तुलना गर्दै मानबिय सम्बेदनामा आघात पुर्याउने संस्कारबाट हुर्केको हाम्रो समाजमा बिज्ञानको अध्ध्ययन र ज्ञान कती छ भन्ने कुरा स्पस्ट हुन्छ।
भैरब अर्यालले भनेजस्तै -” बिरालिको घिउ बेचेर भएनी बुहारीको जिउ बेचेर भएनी पैसा कमाउनुपर्यो ” भन्ने नारालाई छोराछोरिको जन्म भएसँगै आत्मसाथ गर्दै छोराछोरिलाई स्कुल पठाउने बाबुआमाले छोराछोरिलाई धेरै पढ्नु भने। पढेर धेरै पैसा कमाइहुने लोभ र आसामा लगानी गरे। पढेर अनुशासित हुने, नयाँ कुराको खोज अनी मानब जिबन उपयोगी परिवर्तन र बिकासको लागि अघी बढ्ने ज्ञान दिएनन। बिलासिता र सुखको लागि नयाँं आबिस्कार चाहिने र त्यसका लागि बिज्ञानको बिकास अपरिहार्य रहने कुराको ज्ञान नहुँदा हाम्रो समाज पछी रह्यो।
नयाँ पाठ्यक्रममा बिज्ञान
बिज्ञान र गणित एकै सिक्काका दुई पाटा हुन। एक बिना अर्को सम्भब हुँदैन। बिज्ञान सत्य हो। सत्य नै धर्म हो। सत्य जहिले पनि एक रहन्छ। पानीलाई मन्दिरमा लगेर तताए पनि १०० डिग्री सेल्सियसमा उम्लन्छ, मस्जिद , चर्च जता लगे पनि त्यसको धारण गरेको धर्ममा परिवर्तन आउँदैन।
हाम्रो पाठ्यक्रममा परिवर्तन गर्नैपर्ने छ। गणित बिषयमा पढिएको नेगेटिभ फ्याक्टोरिअलको कुराले न्युक्लियरशास्त्री डा अनाटोली र्याडुस्किनले नेपाली पुरानो हाइस्कुल पढेर आएको भनी बिल्ला गरे। डा उदयराज खनालको भनाइअनुसार अमेरिकाबाट हानिएको बम नेपालको काठमान्डौको कुनै ठाँउमा सियोको टुप्पो जस्तो बिन्दुमा खसाल्न सकिन्छ। तर हामी त्यस्ता सम्भावना अनी बिकासको बिचार गर्दैनौ। देश चलाऊने कार्यकारी जो हात हेराउन ज्योतिशकोमा जान्छन अनी मन्दिरमा गएर बली चढाउँछन, आफुलाई कम्युनिस्ट अनी भौतिकशास्त्री मान्नेहारु “महेसपुजनम ” भन्दै
पशुको पूजामा आफ्नो भबिस्य देख्छन त्यस्ता महान तथा गौरबशाली नेताबाट स्वयमको बिकास त सम्भब छैन, देश अनी बिज्ञानको बिकास असम्भव नै छ।
बिद्यालय शिक्षामा ९ र १० दुबै बर्षको गणित र बिज्ञानको पढाई गरेर परिक्षा दिनुपर्ने एस् एल सि परिक्षा हटाएर हामीले पाठ्यक्रम परिमार्जन गर्यौँ। अब पढ्नलाई गाह्रो भयो भनी आधारभुत बिज्ञानलाई पनि हामी हटाउँदै छौँ। बिज्ञान र गणित एकै सिक्काका दुई पाटा भएकाले यिनिहरुलाई अल्ग्याउन मिल्दैन। भौतिक बिज्ञानको जगमा मान्छेले धेरै प्रगती गरिसकेको छ। बिभिन्न उपकरणले मानब जीवन सजिलो भएको छ। बिभिन्न रोगहरुको निवारणको लागि नयाँ नयाँ खोज र बिकास भएको छ। बिद्द्यालय र विश्वाबिद्द्यलयको बिकास गरी बिज्ञान र प्राबिधिको क्षेत्रमा ठुलो खोज र बिकास भईरहेको छ।
विश्वबिद्द्यालयको कुरो त परै जाओस , हामी बिद्द्यालयको पाठ्यक्रममा नै अल्झिराखेका छौँ। के राख्ने , के नराख्ने, के पढ्ने के नपढाउने ? हामी अन्योलमा छौ। बिद्द्यालयको बिज्ञान शिक्षा निकै कमजोर छ। त्यसमा कुनै प्रयोगआत्मक ज्ञान राखिएको छैन। विश्वाबिद्द्यालयको बिज्ञान शिक्षामा पनि बिदेशी नक्कल गर्दै पाठ्यक्रम निर्माण गरिएको छ, त्यसको कुनै प्रभावकारीताको लेखाजोखा छैन। विश्वबैन्कको पैसा हराउला भनेर छिटो – छिटो हामीले १ बर्से पाठ्यक्रमलाई सेम्स्टर प्रणाली बनायौँ। घोक्ने र घोकाउने पारीपाटिबाट हामी दौडिरहेका छौँ।
” बिज्ञान गरेर हुने कुरा हो।” बोलेर बिज्ञान हुँदैन। हुन त उखान टुक्काले गाजेको हाम्रो देशमा बिज्ञानको बहस गर्नु जरुरी त्यती सान्दर्भिक देखिदैन। अबको नयाँ पाठ्यक्रममा बिज्ञान हटाएर ” उखान – टुक्का ” लाई प्रमुख पठनपाठनको बिषय बनाउदाँ बरु सरकार र समाजमा एकरुपता आउन सक्छ। ” कर छली”, ” जग्गा – दलाली”, कोरियन, जापानिज लगायत खाँडी मुलुकका भाषालाई पाठ्यक्रममा समेट्दा बरु स्वदेश तथा बिदेशमा बस्ने नेपालीलाई प्रगती गर्न सजिलो हुन सक्छ। ” फट्याइँ , जाल्झेल र भ्र्स्टाचार सिकाउने हाम्रो समाजमा सत्य, तथ्य र प्रकृतिको अनुशासन सिकाउने गणित र बिज्ञानको के आवश्यकता?”
बिज्ञानमा लगानी महँगो हुन्छ। करिब नेपाली ५ लाख रुपैयाँ देशले लगानी गरेर मास्टर डिग्री गरेका भौतिक शास्त्रका बिद्यार्थी देशै छोडेर बिदेसिने तितो यथार्थ छ। रसायन बिज्ञान र अरु बिज्ञानको बिद्यार्थीको पनि त्यही हाल छ। तिनिहरुलाई फिर्ता बोलाउन देशमा बातावरण छैन। लगानी ठुलो चाहिन्छ। बरु स्कुले पाठ्यक्रमबाट बिज्ञान र गणित बिषयलाई फितलो बनाउने हो भने बिज्ञान पढ्ने विद्यार्थी घट्न जाने , बिदेश जाने काम हुने, गएपनी खाँडी मुलुक जाने र रेमिट्यान्स बढ्ने, त्यही पैसाले सम्ब्रिद्धी र सुनौलो नेपाल बनाउने कुरा सजिलो हुनेछ। यसरी खोस्टा भएका अनी निस्ठा नभएका शासकबाट चालिएको नयाँ दुरगामी कदम पनि हुन सक्छ।
” नहुने माया लाइयो , टन्टो बेसाइयो ” भन्ने उखानलाई आत्मा साथ गर्दै बिज्ञान र गणितलाई हटाएर देश बिकासमा अघी बढ्ने नयाँ गुरुयोजना पनि हुनसक्छ। अन्तरराष्ट्रिय विश्वाबिद्द्यालयबाट दान गरिएको मान्यताप्राप्त पि यच डि वालाहरुले हाँकेको देशमा हावाबाट बिजुली, पानीजहाज, मोनोरेल , घर-घरमा सिंहदरबार, घर – घरमा ग्याँसका पाइपसबै पुगिसकेकाले अब हामीले मनग्य बिकास गरिसकेउ भनेर बिज्ञान र गणितको बिकासलाई रोक्न खोजेको पनि हुन सक्छ।
****लेखक भौतिक्शास्त्रमा बिद्द्यावारीधी गर्दै गरेका एक दुखी आत्मा हुन। जो अम्रिकाने सरकारको नुन खाएर थोमस जेफर्सन ल्याबमा एलेक्ट्रोन – आयोन कोलाइडर नाम गरेको खोजमा रनभुल्ल परिरहेका छन।
2018, June, Norfolk, VA.
*This article has been published on many online news\\