तिमीले चाहेर पनि म माथि कुनै हत्कन्डा जमाउन सक्दैनौ, तिमी न मलाई कुनै सिद्धान्तमा बाध्न नै सक्छौ।
किनकी म भौतिक शास्त्री हुँ, यो प्रकृतिको उत्कृष्ट चेतना। तिमी मलाई जे जस्तो गर्, तेस्ले मलाई कुनै फरक पर्ने वाला छैन, किनकी म चाहेको बेला स्वर्गमा पनि जान सक्छु, झ्याउ लागेको बेला नर्कमा पनि जान सक्छु, म सँग Fourier Transformation छ । म देवकोटा ले झै नदेखिनी कुरा पनि देख्छु, किनकी म सँग Quantum Mechanics छ।
तिमी पाखान्डी अबैज्ञानीक तबरले चिच्याउलाउ र भन्लाउ -“सत्य नै शिव हो, शिव नै सुन्दर अनि सत्यम शिवम सुन्दरम। ”
तर म प्रकृति लाई मान्दछु, उन्को नियम लाई जान्दछु, म सोच्मग्न भयर उन्कै प्रेममा परिरहन्छु, छुद्र तिम्रो अज्ञानी मस्तिक मलाई पागल कहाँलाउला, म सत्यको पूजारी, झुट बिजधारणगरेको तिम्रो समाजको भबिस्य नाजुक छ ।
मेरो लागि प्रकृति नै शिव, प्रकृति नै सत्य अनि प्रकृति नै सुन्दर,त्यो बाहेक म अरु कहिल्यै सोच्न सक्दिन।
म स्वयम नै एक ब्रह्मान्ड हुँ, म हरपल अहम ब्रमास्मी म भित्रै गुन्जियको पाउछुँ, प्रकृति नै पुर्ण हो, ” उँ पूर्णमद्, पूर्णमिदम्। प्रकृति नै शुन्य हो, प्रकृति नै अनन्त, त्यो भन्दा अरु केही छैन ।
time र space, राधा र कृष्ण, शुन्य र अनन्त, position र momentum यी सबै एउटा चिजको दुई अवस्था हुन ।
कुर्ची साह्रो हुन्छ, जसले भार थामोस् र नरम पनि जो सजिलै बन्चरोले काटियोस् ।
Moving space is time, non moving time is स्पेस । यस्तै यस्तै दोहोरो भूमिकामा मेरो प्रिय प्रकृति चल्दछिन
non moving object has position, moving object has momentum,
यस्तै यस्तै अनौठो जालमा मेरो प्रकृति जेलिन्छिन्। म त सबै बुज्छु । अबुझहरुको लागि म छिमेकी गणित mathematics सँग रिन माग्छु,
म गणित माध्यम प्रकृति सँग प्रेम गर्छु
गणित प्रकृतिको लागि हो, मानो जनेन्दृय सेक्सको लागि math is to physics as genitalia to sex…..